काठमाडौं, ७ जेठ । नेपाली कांग्रेससहित विपक्षी दलहरूको नाराबाजीबीच प्रधानमन्त्री पुष्पकमल दाहाल ुप्रचण्डु ले विश्वासको मत लिएका छन् ।
सोमबार बसेको प्रतिनिधि सभा दोस्रो बैठकमा प्रधानमन्त्री प्रचण्डले प्रतिपक्षी दलहरूको घेराबन्दी र नाराबाजीका बीचबाटै विश्वासको मत लिएका हुन् ।
सोमबार मतदानमा १५८ जना सहभागी रहे। प्रधानमन्त्री दाहाललाई एक सय ५७ सांसदले मत दिएका छन्। विश्वास मत दिन्न भन्नेमा एक मत परेको सभामुख देवराज घिमिरेले बताउनुभयो ।
प्रधानमन्त्री दाहाललाई सत्तारूढ नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र स्वतन्त्र सांसदहरूले मत दिएका थिए ।
प्रधानमन्त्रीले विश्वासको मत लिइरहँदा विपक्षी सांसदहरूले जबरजस्ती गर्न पाइँदैन, सरकारको जबरजस्ती बन्द गर जस्ता नारा लगाएका थिए । प्रतिनिधि सभा बैठक मंगलबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ ।
नाराबाजीकै बीचमा विश्वासको मत मागेका प्रधामन्त्री प्रचण्डले आफूले विश्वासको मत लिइरहँदा नाराबाजी र अवरोध गरेर कांग्रेसले ठूलो गल्ती गरेको बताएका थिए ।