Nagarik Sawal

२०८३ कार्तिक १८ मंगलबार

२०८३ कार्तिक १८ मंगलबार

धार्चे गाउँपाकिामा करिब ३८ लाखमा प्रहरी भवन निर्माण


1.4K
Shares

धार्चे गाउँपाकिामा करिब ३८ लाखमा प्रहरी भवन निर्माण

गोरखा, ७ जेठ । उत्तरी गोरखाको माछिखोलामा प्रहरीको लागि पक्की भवन निर्माण भएको छ । उक्त भवन करिब ३८ लाख रुपैयाँ खर्चिएर धार्चे गाउँपालिकाले निर्माण गरिदिएको प्रमुख प्रशासकिय अधिकृत काजीमान सुनारले जानकारी दिनुभयो ।

‘जिर्ण भवनमा बस्दै आएको चौकीलाई पालिकाले र उपभोत्ताले पैसा खर्चेर बनाई दिएको हो’ उहाँले भन्नुभयो ‘गाउँपालिकाले ३४ लाख २० हजार र उपभोत्ता समितिले ३ लाख १३ हजार ८५८ रुपैयाँ खर्च गरेको छ ।’

जिर्ण भवनबाट प्रहरीले सेवा दिदा प्रहरीहरुले दिने सेवा चुस्त दुरुस्त र प्रभावकारी नुहने देखिए पछि गाउँपालिकाले भवन निर्माणका लागि रकम बिनियोजन गरिदिएको हो ।

उपभोत्ता समिति मार्फत निर्माण गरिएका उक्त भवन २०८० साल मंसिर २४ गते सम्झौता गरी चैत्र १५ गते सम्पन्न भएको थियो । ५ महिनामा निर्माण सम्पन्न भएको भवन प्रहरीलाई एक कार्यक्रम बिच हस्तान्तरण गरिने पालिकाले जानकारी दिएको छ ।

माछीखोला प्रहरी चौकी अहिले भने चित्राले बारेको झुपडीमा बस्दै आएको छ । जसका कारण बर्षा याममा प्रहरीलाई सेवा दिन मात्रै होइन कि असुरक्षित भवन भएका कारण आफ्नै हतियार जोगाएर राख्न पनि हम्मे हम्मे परेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology