Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखाको भच्चेकमा ‘अजिरकोट साँस्कृतिक एवं पर्यटन मेला २०८१’ हुने


2.5K
Shares

गोरखाको भच्चेकमा ‘अजिरकोट साँस्कृतिक एवं पर्यटन मेला २०८१’ हुने

गोरखा, ७ जेठ । भच्चेक बजारमा ‘अजिरकोट साँस्कृतिक एवं पर्यटन मेला २०८१’ हुने भएको छ । दि मनासलु युवा क्लबको आयोजनामा ३ दिने मेलाको आयोजना गरिएको हो । अजिरकोट भित्रको विभिन्न क्षेत्रको संस्कृति र पर्यटकीय स्थलको परिचय दिने गरी मेलाको आयोजना गरिएको क्लबका अध्यक्ष बिमल गुरुङले जानकारी दिनुभभो ।

३ दिनसम्म चल्ने मेलामा दौड, भलिबल, छेलो र नृत्य प्रतियोगिता हुने छ भने विविध साँस्कृतिक कार्यक्रम अन्तरर्गत लाइभ कन्र्सट, लोक दोहरी, घाँटु नाँच, लामाङ सेला, स्यार्का नाँच, लामा नाँच, झाक्री नाँच, बालन भजन, लाखे नाँच तथा पञ्चेबाजा नाच समेत हुने गुरुङले बताउनुभयो ।
खेल तर्फ भलिबल टिमले ५ हजार र दौड, छेलो र नृत्य तर्फ १०० रुपैयाँ दर्ता शुल्क लाग्ने पनि आयोजक क्लबले जानकारी दिएको छ ।

क्लबले दिएको जानकारी अनुसार दौड अजिरकोट गाउँपालिका र सिरानचोक गाउँपाको सिमानामा रहेको सिलामे भाईरल डाँडाबाट भच्चेक, नम्की बजार हुदै सिरानडाँडामा पुगेर समाप्त हुने छ । दौड ११ किलोमिटर दुरीको रहेको पनि क्बले जनाएको छ ।

दौडमा प्रथम, द्वितिय र तृतिय हुनेलाई क्रमश। १५, १० र ५ हजार नगद सहित प्रमाण पत्र र ट्रफी प्रदान गरिने छ भने भलिबल तर्फ प्रथम र द्वितिय हुने समूहलाई क्रमश। ५० र ३० हजार नगद सहित मेडल तथा प्रमाण पत्र प्रदान गरिने छ । भलिबलमा नै सर्बोउत्कृष्ट खेलाडी र सर्बोउत्कृष्ट सटरलाई नगदले सम्मान गर्ने कार्यक्रम रहेको अध्यक्ष गुरुङले जानकारी दिनुभयो ।

छेलो तर्फ भने आयोजकले प्रथम हुनेलाई ५ हजार द्वितिय हुनेलाई ३ हजार नगद सहित प्रमाण पत्र प्रदान गर्ने छ भने नृत्य तर्फ प्रथम, द्वितिय र तृतिय हुनेलाई क्रमश। १५, १० र ५ हजार नगद सहित प्रमाण पत्र प्रदान गरिने आयोजक क्लबले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology