गोरखा, ६ जेठ । गोरखा नगरपालिकास्थित कट्टेलचोक–कट्टेलडाँडाहुँदै आमाडाँडा जोड्ने सडकखण्ड कालोपत्रेको काम सम्पन्न भएको छ । ट्रयाक खुलेको करिब २६ बर्षपछि सो सडकखण्ड कालोपत्रे भएको हो ।
गण्डकी प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालय अन्र्तगत पूर्वाधार विकास कार्यालयले रु ४ करोड ११ लाख ५६ हजार ६८८ रुपैया लागतमा कट्टेलचोक–आमाडाँडा सडकखण्ड कालोपत्रेको काम सम्पन्न भएको पूर्वाधार विकास कार्यालय गोरखाका प्रमुख गणेशप्रसाद सुवेदीले जानकारी दिनुभयो ।
सडक कालोपत्रेका लागि कार्यालयले विसं २०८० वैशाख ११ गते कृष्चल÷एवान जेभीसंग ठेक्का सम्झौता गरेको थियो । सम्झौता अनुसार ठेकेदार कम्पनीले निर्धारित समयमा नै काम सम्पन्न गरेको उहाँले बताउनुभयो ।
गोरखा नगरपालिका वडा नम्बर ८ र ९ जोड्ने उक्त सडकखण्ड वि.स. २०५५ सालमा खुलेको थियो । सडक कालोपत्रे भएपछि त्यसक्षेत्रका बासिन्दालाई सहज भएको स्थानीय शान्ता कट्टेलले बताउनुभयो ।
यसअघि सडक कालोपत्रे नहुँदा स्थानीयले बर्षौदेखि कच्ची सडकमा बर्खामा हिलो र हिउँदमा धुलोले हैरानी खेप्दै आएका थिए । पक्की सडक निर्माण सम्पन्न भएपछि स्थानीय कृषकले उत्पादन गरेका कृषिउपज बजारसम्म पु¥याउन पनि निक्कै सजिलो भएको उहाँको भनाई छ ।
परम्परागत रुपमा तत्कालीन शाह वंशीय राजाहरुले काठमाण्डौ, धादिङ आउजाउका गर्न र हुलाकीले प्रयोग गर्ने पदैल मार्गलाई नै सडक मार्ग बनाइएको गोरखा नगरपालिकाका नगरप्रमुख कृष्णबहादुर रानामगरले बताउनुभयो ।