Nagarik Sawal

२०८३ कार्तिक १२ बुधबार

२०८३ कार्तिक १२ बुधबार

सुनको भाउमा नयाँ रेकर्ड : तोलाको एक लाख ४० हजार रुपैयाँ पुग्यो


1.4K
Shares

सुनको भाउमा नयाँ रेकर्ड : तोलाको एक लाख ४० हजार रुपैयाँ पुग्यो

काठमाण्डौ, ३ जेठ । सुनको भाउले आज नयाँ रेकर्ड बनाएको छ । आज सुनको भाउ एक हजार छ सय रुपैयाँले बढेर अहिलेसम्मकै उच्च तोलाको एक लाख ४० हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ तोलाको एक लाख ३८ हजार चार सय रुपैयाँ थियो । यसअघि गएको वैशाख ७ गते सुनको भाउ सबैभन्दा उच्च तोलाको एक लाख ३९ हजार तीन सय रुपैयाँ थियो ।

त्यस्तै आज चाँदीको भाउ पनि बढेको छ । चाँदी तोलामा ६० रुपैयाँले बढेर एक हजार आठ सय पाँच रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology