Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

बलात्कार मुद्दामा उच्च अदालतबाट सन्दीपले पाए सफाइ


1.4K
Shares

बलात्कार मुद्दामा उच्च अदालतबाट सन्दीपले पाए सफाइ

काठमाडौं, २ जेठ । उच्च अदालत पाटनले सन्दीप लामिछानेलाई जिल्ला अदालत काठमाडौ‌ंले बलात्कार गरेको कसुरमा दोषी ठहर गर्ने फैसला उल्ट्याएको छ ।

बुधबार न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अन्जु उप्रेती ढकालको इजलासले जिल्ला अदालतको फैसला उल्ट्याएर सन्दीप लामिछानेलाई निर्दोष ठहर गरेको उच्च अदालतका उपरजिष्ट्रार एवं प्रवक्ता विमल पराजुलीले जानकारी दिनुभयो ।

‘जिल्ला अदालतको फैसला उल्टिएको छ, सन्दीप लामिछानेले सफाइ पाएका छन्,’ उहाँले भन्नुभयो । गत पुस १३ गते जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिर ढकालले बलात्कार मुद्दामा लामिछानेलाई दोषी ठहर गरेको थियो ।

पुस २५ गते सोही इजलासले उनलाई ८ वर्ष कैद सजाय, तीन लाख रुपैयाँ जरिवाना र पीडितलाई दुई लाख रुपैयाँ क्षतिपूर्ति भराउन पनि आदेश गरेको थियो ।

तर जिल्ला अदालतले लामिछानेलाई सजाय कम दिएको भन्दै उच्च सरकारी वकिल कार्यालयले फागुन २९ गते मंगलबार उच्च अदालत पाटनमा पुनरावेदन दिएको थियो । उक्त पुनरावेदन उच्च अदालतले फागुन ३० दर्ता गरेको थियो ।

त्यसअघि सन्दीप लामिछानेले पनि जिल्ला अदालतले आफूलाई बलात्कार मुद्दामा दोषी ठहर गरेको विपरीत उच्च अदालत पाटनमा पुनरावेदन दिएका थिए ।

त्यसपछि उनले थुना बाहिर बसेर पुनरावेदन गर्ने सुविधा पाएका थिए ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology