Nagarik Sawal

२०८३ कार्तिक १८ मंगलबार

२०८३ कार्तिक १८ मंगलबार

गोरखामा बुहारीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका पुरुष पुर्पक्षका लागि कारागार चलान


1.3K
Shares

गोरखामा बुहारीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका पुरुष पुर्पक्षका लागि कारागार चलान

गोरखा,२ जेठ । गोरखामा बुहारी बलात्कार गरेको आरोप लागेका ब्यत्तीलाई अदालतको आदेशले पुर्पक्षका लागि कारागार चलान गरिएको छ । हाडनाता भित्रका ४९ बर्षिय ‘द कुमार’ नाम परिवर्तनलाई मंगलबार कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरिक्षक एवं सूचना अधिकारी रमेशकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार गएको २०८० साल भाद्र १० गते बिहान ९ बजेको समयमा सिरानचाक गाउँपालिका–८ जौबारीका उनले ३५ बर्र्षिया बुहारी ‘अ कुमारी’ नाम परिवर्तनलाई बलात्कार गरेको आरोप लागेको हो ।

पिडित महिलाले ९ महिना पछी ०८१ साल बैशाख १० गते गोरखा प्रहरीमा जाहेरी दिएका हो । प्रहरीले आरोपितलाई बैशाख ११ गते उनकै घरठेगानाबाट पक्राउ गरी जबजस्ती करणी शिर्षकमा मुद्वा दर्ता गरेको थियो ।

अनुसन्धान पश्चात सरकारी वकिलको राय सहित जेठ १ गते गोरखा जिल्ला अदालत पेश हुदा आरोपितलाई पुर्पक्षका लागि कारागार चलान गरिएको सूचना अधिकारी श्रेष्ठले बताउनुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology