काठमाडौ, २ जेठ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले दक्षिण सुडानमा दादुराका कारण ३९ जनाको मृत्यु भएको जनाएको छ । दादुराबाट हुने मृत्युदर १.७ प्रतिशत रहेको पनि डब्लुएचओको भनाइ छ ।
दक्षिण सुडानको राजधानी जुबामा जारी गरेको महामारी विज्ञान रिपोर्टमा २ हजार २ सय ७१ जनामा दादुराको आशङ्का गरिएकामा १ सय ४६ जनामा पुष्टि भएको छ ।
आशङ्का गरिएका र पुष्टि भएका केसहरूबीचमा उच्च भिन्नता रहेकाले यसको न्यूनीकरणका लागि नमूना सङ्कलन र प्रयोगशाला परीक्षणमा जोड दिनुपर्ने डब्ल्यूएचओले बताएको छ ।