काठमाडौं, ३१ वैशाख । यतिबेला हलमा नेपाली फिल्मको दबदबा छ। ुमहाजात्राु, ुबोक्सीको घरु, ुमनसराु, ुखजुरे ब्रोु लगायतका नेपाली फिल्महरू प्रदर्शनरत छन् ।
यीमध्ये ुमहाजात्राु ले शनिबार ५१ दिनको यात्रा पार गरिसकेको छ। यो अवधिमा फिल्मले घरेलु बक्स अफिसमा १६ करोड ८ लाख रूपैयाँ ग्रस कलेक्सन गरेको निर्माण कम्पनी षट्कोण आर्ट्सले जनाएको छ ।
प्रदीप भट्टराईको लेखन एवं निर्देशन रहेको यो फिल्ममा हरिवंश आचार्य, विपिन कार्की, वर्षा राउत, रवीन्द्र सिंह बानियाँ, रवीन्द्र झालगायत कलाकारहरुको अभिनय छ ।
वैशाख १४ गते रिलिज भएको बोक्सीको घरु तेस्रो सातामा प्रदर्शनरत छ। यो फिल्मले प्रदर्शनको ६ दिनमा ५ करोड ४५ लाख रूपैयाँ ग्रस कलेक्सन गरेको रिपोर्ट निर्माण टिमले सार्वजनिक गरेको थियो ।
फिल्मले दोस्रो सातामा पनि राम्रो व्यापार गर्यो । तेस्रो सातामा पनि फिल्मले दर्शकलाई हलसम्म तानिरहेको छ । गत शुक्रबार र शनिबार फिल्मको धेरै शो हाउसफुल थिए ।
काठमाडौं बाहिर पनि फिल्म एकदमै रूचाइएको निर्मात्री एवं अभिनेत्री केकी अधिकारीले बताइन्। ुहामी पूर्वका हलमा गयौं। एकदमै राम्रो प्रतिक्रिया पायौं। पश्चिममा नेपालगन्ज पुग्यौं। त्यहाँ पनि सबै दर्शकबाट राम्रो प्रतिक्रिया पायौं,ु उनले भनिन्, ुहिजोआज पनि फिल्मले राम्रो गरिरहेको छ।
रंगकर्मी सुलक्षण भारतीको लेखन एवं निर्देशन रहेको ‘बोक्सीको घर’ मा केकीसहित, सुपला सापकोटा, स्वेच्छा राउत, रमा थपलिया लगायतको अभिनय छ।
यस्तै वैशाख २१ गते रिलिज भएको फिल्म मनसराु दोस्रो सातामा प्रदर्शनरत छ। यो फिल्मले पहिलो साता ३ करोड २० लाख रूपैयाँ ग्रस कलेक्सन गरेको रिपोर्ट निर्माताले सार्वजनिक गरेका थिए ।
दोस्रो सातामा पनि फिल्मले राम्रो व्यवसाय गरिरहेको कार्यकारी निर्माता सिजन दाहाल बताउँछन्। फिल्म हेर्नुभएका जति दर्शकले सकारात्मक प्रतिक्रिया दिनुभएको छ। वर्ड अफ माउथ राम्रो भएका कारण दर्शक बढिरहनुभएको छ।
पहिलो भन्दा दोस्रो साताको व्यापार अझ राम्रो हुने देखिएको छ,उनले भने। दोस्रो साताको शुक्रबार र शनिबार पनि केही हलमा फिल्मको अकुपेन्सी उच्च थियो।
उपेन्द्र सुब्बाको लेखन एवं निर्देशन रहेको फिल्ममा दयाहाङ राई, मिरूना मगर, प्रविण खतिवडा, मेनुका प्रधान लगायतको अभिनय छ।
गत शुक्रबार रिलिज भएको फिल्म खजुरे ब्रोु ले भने राम्रो व्यापार गर्न सकिरहेको छैन। यो फिल्मलाई धेरै हलले उतारिसकेका छन्।