Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

ट्राफिक सप्ताहको अन्तिम दिन आज रक्तदान कार्यक्रम


1.4K
Shares

ट्राफिक सप्ताहको अन्तिम दिन आज रक्तदान कार्यक्रम

गोरखा, ३१ बैशाख । ट्राफिक सप्ताहको आज अन्तिम दिन रक्तदान कार्यक्रम सम्पन्न भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाको आयोजनामा सदरमुकामको लोकतान्त्रिक चोकमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।

नेपाल रेडक्रस सोसाईटी गोरखा शाखाको समन्वयमा शाखाको प्राङगणमा रक्तदान सम्पन्न भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाका प्रमुख प्रहरी बरिष्ठ नायब निरिक्षक शिवप्रसाद पाठकले जानकारी दिनुभयो ।

रक्तदान कार्यक्रमबाट २० पिन्ट रगत संकलन भएको र सबै रगत रक्त संकलन केन्द्र गोरखालाई हस्तान्तरण गरिएको कार्यालयले जानकारी दिएको छ ।

 

रक्तदानमा सहभागी भएकाहरुलाई जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख प्रहरी उपरिक्षक बासुदेव पाठक र शसस्त्र प्रहरीका सशस्त्र प्रहरी नायब उपरिक्षक सुमन बोगटीले प्रसंशा पत्र प्रदान गरेका थिए ।

रक्तदान कार्यक्रममा ट्राफिक प्रहरी ९, नेपाल प्रहरी ५, शसस्त्र प्रहरी २, यातायात ब्यवसायी ४ जनाले रक्तदान गरेको कार्यालयले जनाएको छ । बैशाख २५ गतेदेखी सुरु भएको सप्ताह ब्यापी कार्यक्रम आज विभिन्न कार्यक्रम गरेर समापन हुँदै छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology