Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

फेक आईडी बनाएर महिलाको बेज्जत गरेको आरोपमा गोरखामा एक जना पक्राउ


2.6K
Shares

फेक आईडी बनाएर महिलाको बेज्जत गरेको आरोपमा गोरखामा एक जना पक्राउ

गोरखा, ३१ बैशाख । गोरखा बारपाकका मनध्वज घलेलाई गोरखा प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका घलेले महिलाको अश्लिल भिडियो तथा तस्विरहरु सार्वजनिक गरेको आरोप लागेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरिक्षक एवं सूचना अधिकारी रमेशकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

बारपाक सुलिकोट गाउँपालिका–२ बारपाक बस्ने घलेले २३ बर्षिया महिला ‘आ कुमारी’ नाम परिवर्तनको नाममा फेसबुक आईडी खोली सामाजिक सञ्जालमा अनावश्यक कुरा लेख्नुका साथै अश्लिल भिडियो तथा तस्बिरहरु राखी आफ्नो बेईज्जत गरेको भनि पिडित महिलाले उजुरी दिए लगत्तै घलेलाई पक्राउ गरीएको सूचना अधिकारी श्रेष्ठले बताउनुभयो ।

बैशाख २८ गते शुक्रबार पक्राउ परेका घलेलाई बिद्युतीय कारोबार ऐन, २०६३ अन्तरर्गतको कसूरमा मुद्वा दर्तागरी गरीएको छ । घलेलाई ३० गते आइतबार गोरखा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान सुरु गरीएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology