Nagarik Sawal

२०८३ कार्तिक १८ मंगलबार

२०८३ कार्तिक १८ मंगलबार

गण्डकी गाउँपालिकाले पालिका भित्रका किसानलाई उत्पादनका आधारमा अनुदान वितरण गर्न सुरु


1.3K
Shares

गण्डकी गाउँपालिकाले पालिका भित्रका किसानलाई उत्पादनका आधारमा अनुदान वितरण गर्न सुरु

गोरखा, ३१ वैशाख । गण्डकी गाउँपालिकाले पालिका भित्रका किसानलाई व्यवसायिक तरकारी उत्पादनका आधारमा अनुदान वितरण गर्न सुरु गरेको छ । गाउँपालिकाको चालु आर्थिक बर्षको स्विकृत कार्यक्रम अनुसार किसानलाई तरकारी उत्पादनमा प्रति केजी दुई रुपैयाँ अनुदान रकम उपलब्ध गराउन सुरु गरेको गाउँपालिकाका अध्यक्ष दीपक तिमल्सिना ‘साकार’ ले जानकारी दिनुभयो ।

‘‘पालिका भित्रका वास्तविक किसानसम्म अनुदान पु¥याउनकालागि यसबर्षदेखि उत्पादनका आधार अनुदान कार्यक्रमको थालनी गरिएको हो, उहाँले भन्नुभयो, ‘‘गएको माघ २३ गतेबाट कार्यक्रम लागूहुने गरी स्थानीय कृषि सहकारीहरु मार्फत सम्झौता गरेर गाउँपालिकाले कार्यक्रम अघि बढाएको छ ।’’ कार्यक्रम अन्र्तगत गाउँपालिकाले अहिलेसम्म तीनवटा वडाका १ सय २८ जना किसानलाई अनुदान उपलब्ध गराइसकेको छ ।

अध्यक्ष तिमल्सिनाका अनुसार फागुन महिनामा तरकारी उत्पादन गरेका वडा नम्बर ८ का ६० जना कृषकलाई अनुदानस्वरुप रु ३ लाख ४८ हजार ९ सय ४८ रुपैया वितरण गरिएको छ । त्यस्तै वडा नम्बर ६ स्थित श्री भैरवी कृषि सहकारी मार्फत ३१ जना कृषकलाई रु ५५ हजार ९ सय ६८ रुपैया अनुदान उपलब्ध गराइएको उहाँले बताउनुभयो ।

‘‘गाउँपालिकाले वडा नम्बर ७ स्थित जनकल्याण ताजा तरकारी उत्पादक कृषि सहकारी संस्थामार्फत ३७ जना किसानलाई रु ४६ हजार ४ सय ५४ रुपैया गराइसकेको छ, उहाँले भन्नुभयो, ‘‘ सहकारीमार्फत प्राप्त कृषकको विवरण अनुसार पालिकाले अहिलेसम्म कुल रु ४ लाख ५१ हजार ३ सय ७० रुपैयाँ रकम किसानलाई अनुदान उपलब्ध गराइसकेको छ ।’’

कार्यक्रम अन्र्तगत वडा नम्बर ८ मा एउटै किसानले एक महिनामै पालिकाबाट रु ३७ हजार ५ सय १८ रुपैया अनुदान लिएका छन् । ‘‘स्थानीय किसान लवबहादुर भुजेलले एकै महिनामा १८ हजार ७ सय ५९ किलो तरकारी उत्पादन गर्नुभयो, अध्यक्ष तिमल्सिनाले भन्नुभयो, ‘‘यो कार्यक्रमबाट किसानले हौसला संगै उत्पादनबाट पनि नाफा कमाउन पनि सफल भएका छन् ।’’

गाउँपालिकाले पालिका भित्र कृषि उत्पादन बढाउने र किसानको आयआर्जनमा बृद्धि गर्ने उद्देस्य सहित वास्तविक किसानको हातमा अनुदान पु¥याउन उत्पादनमा आधारित अनुदान कार्यक्रम कार्यान्वयनमा ल्याएको हो । किसानले सहकारीमार्फत उत्पादनको अभिलेख उपलब्ध गराएपछि गाउँपालिका कृषि शाखाले अनुदान उपलब्ध गराउने अध्यक्ष तिमल्सिनाले जानकारी दिनुभयो । पालिकाले मासु उत्पादन गर्ने किसानलाई पनि अनुदान उपलब्ध गराउने निर्णय गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology