काठमाण्डौ २५ वैशाख । स्कुल बससंग मोटरसाइकल ठोक्किदा दुई जना युवकको मृत्यु भएको छ । नुवाकोटको बेलकोटगढीमा स्कुल बससँग दुईवटा मोटरसाइकल ठोक्किँदा २७ वर्षका रुबिन रावल र २६ वर्षका स्विकार राणाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
बेलकोटगढी नगरपालिका–८ स्थित सिर्खालीमा अर्किड एकेडेमीको बा.३ क ३७२२ नम्बरको बससँग बाग्मती प्रदेश–०२–०४४ प ३६९२ र बाग्मती प्रदेश–०२–०४६ प १५२९ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएर दुर्घटना भएको हो ।
मोटरसाईकलमा सवार अन्य दुई जना घाइते भएका छन् । घाइते हुनेहरुमा रितिक तिवारी र उपकार थापा रहेको प्रहरीको भनाई छ । उनीहरूको त्रिशूली अस्पतालमा उपचार भइरहेको छ । घटनाको थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।