Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

कीर्तिपुरमा यात्रुबहाक बस दुर्घटना एक जनाको मृत्यु ११ जना घाइते


1.1K
Shares

कीर्तिपुरमा यात्रुबहाक बस दुर्घटना एक जनाको मृत्यु  ११ जना घाइते

काठमाण्डौं २३ वैशाख । कीर्तिपुर आज बस दुर्घटना एकजनाको मृत्यु भएको छ । दुर्घटनामा परी ११ जना घाइते भएका छन् । रत्नपार्क–कीर्तिपुर रुटमा चल्ने बा ३ ख २०२७ नम्बरको यात्रुवाहक बस दुर्घटनामा परेको हो । दुर्घटनामा परेर प्रा.डा. गोविन्द रिजालको मृत्यु भएको छ ।

घाइते हुनेमा बर्दिया घर भएका १८ वर्षीय रमित थापा, २० वर्षीय किशोर थापा, झापा घर भएका ध्रुब बुढाथोकी, नेपालगञ्ज घर भएकी २२ वर्षीया सुस्मा खड्का रहेका छन् । त्यस्तै डडेलधुरा घर भएका डमर खड्का र चन्दा बोहरा, नबिना खड्का, गंगाराम भट्ट र बाजुरा घर भएका २५ वर्षीय नरेशराज न्यौपाने पनि उक्त दुर्घटनामा परी घाइते भएको प्रहरीले जनाएको छ ।

घाइतेहरुको त्रिपुरेश्वर स्थित ब्लु क्रस अस्पतालमा उपचार भइरहेको छ । अत्य घाइतेरहरु बैतडी घर भएका २४ वर्षीय डम्बर पन्त, २४ वर्षीया विमला श्रेष्ठ र बस चालक २७ वर्षीय रमेश लामाका ट्रमा सेन्टरमा उपचार भइरहेको छ । घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले बताउनुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology