Nagarik Sawal

२०८३ कार्तिक १८ मंगलबार

२०८३ कार्तिक १८ मंगलबार

गोरखाको गोरखनाथमा जेठ १० देखी २१औं सवालास रोट महोत्सव हुने


2.2K
Shares

गोरखाको गोरखनाथमा जेठ १० देखी २१औं सवालास रोट महोत्सव हुने

गोरखा, २२ बैशाख । गोरखा सदरमुकाममा रोट महोत्सव हुने भएको छ । सिद्वाश्रम शक्ति केन्द्र गोरखाको आयोजनामा जेठ १० गतेदेखी रोट महोत्सव हुन लागेको हो ।

केन्द्रका अनुसार यो २१औं रोट महोत्सव हुने छ । गोरखा नगरपालिका–६ को गोरखनाथ मन्दिरमा हुने महोत्सवमा २० गतेसम्म सञ्चालनमा आउने छ ।

महोत्सव अवधीभरमा १ लाख २५ हजारभन्दा बढी रोट चढाइने साधक रामजी अधिकारीले जानकारी दिनुभयो । विश्व शान्तिको कामना गर्दै २०६१ सालदेखी गुरु गोरखनाथलाई केन्द्रले रोट अर्पण गर्दै आएको छ ।

महोत्सवको तयारी सुरु भएको उहाँले बताउनुभयो । साधक अधिकारीका अनुसार महोत्सव स्थल गोरखा दरर्बार गोरखनाथ मन्दिरलाई विशेष रुपमा सजाउने काम सुरु भएको छ ।

गोरखनाथलाई अर्पण गरीएको रोट स्वदेश तथा विदेशमा प्रसादको रुपमा बितरण गर्ने प्रचलन रहेको पनि उहाँले जानकारी दिनुभयो । महोत्सवमा यस पटक पनि स्वदेश र विदेशबाट भक्तजन आउने छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology