Nagarik Sawal

२०८३ कार्तिक १८ मंगलबार

२०८३ कार्तिक १८ मंगलबार

गोरखामा ट्राफिक प्रहरीले अवदेखि लागूपर्दाथ सेवनको चेकजाँच थाल्ने


1.6K
Shares

गोरखामा ट्राफिक प्रहरीले अवदेखि लागूपर्दाथ सेवनको चेकजाँच थाल्ने

गोरखा, २२ वैशाख । गोरखामा ट्राफिक प्रहरीले अवदेखि मादकपदार्थ सेवन गर्नेको मात्र नभई लागूपर्दाथ सेवनको पनि चेकजाँच गर्ने भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाले शनिबार कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरी जिल्लाा भित्र सवारी चालकहरुले लागू औषध खाएर सवारी साधन चलाएको समेत पाइएकाले मादक पदार्थ सेवन जस्तै लागू लागूपर्दाथको पनि चेकजाँच गर्ने भएको हो ।

‘‘वैशाख २५ गतेदेख सुरु गर्न लागिएको ट्राफिक सप्ताहको अवसरमा पारेर लापसे चेकजाँचको सुरु गर्न लागिएको हो, जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाका प्रमुख शिवप्रसाद पाठकले भन्नुभयो , ‘‘गोरखा जिल्लामा अहिलेसम्म लागू औषधको चेकजाँच गरिएको थिएन, अवदेखि नियमित चेकजाँच सुरु गर्नेछौ ।

मापसे चेक गर्दा नदेखाउने तर चालक पुुरै हल्लिएको अवस्थामा भेटिने गरेकाले सवारी दुर्घटना न्युनीकरणका लागि लापसे चेकजाँच थाल्न लागिएको उहाँको भनाई छ । ‘‘चालक खुट्टै टेक्न नसक्ने अवस्थामा पनि फेला पर्यो’’ प्रमुख पाठकले भन्नुभयो, ‘‘स्वास्थ्य परिक्षण गराउदा मादक पदार्थ सेवन गरेको पनि देखिएन, त्यतिकै छोड्दा दुर्घटनाको डर नछोड्दा मापसे देखिदैन, त्यसैले लापसे चेक जाँचको तयारी गरेका हौ ।’’

कार्यालयले ट्राफिक सप्ताहको अवसरमा चुमनुब्री गाउँपालिका बाहेकका सबै स्थानीय तहमा सचेतना कार्यक्रम सञ्चालन गर्न प्रत्येक स्थानीय तहमा ट्राफिक प्रहरी परिचालन गरेको जानकारी दिनुभयो । एकसातासम्म सञ्चालन हुने कार्यक्रममा स्वयंसेवक परिचालन तथा प्रशिक्षण, ग्रामिण सडक लक्षित प्रशिक्षण, चालक र परिचालकलाई, सडक प्रयोगकर्तालाई प्रशिक्षण कार्यक्रम राखिएको छ ।

साथै सोही अवधीमा सडकमा नै चालक र यात्रुसंग १ मिनेट कार्यक्रम गरी करिव १ लाख मानिसलाई प्रशिक्षण गराउने लक्ष्य कार्यालयले राखेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology