गोरखा, २२ वैशाख । अमेरिकाले आज राती ९ बजे ईडीभीको नतिजा सार्वजनिक गर्ने भएको छ। डाइभर्सिटी भिसा (ईडीभी) २०२५ को नतिजा आज आउने आउन लागेको हो ।
नेपालस्थित अमेरिकी दूतावासका अनुसार आज राति ९ बजे ईडीभी २०२५ को नतिजा हेर्न सकिनेछ । आफ्नो कन्फरमेसन नम्बर मार्फत ईडीभी भरेकाहरुले ईडिभी परे वा नपरेको नतिजा हेर्न सकिने दूतावासले जनाएको छ । यसबाहेक अन्य माध्यमबाट ईडीभीको नतिजा हेर्न नमिल्ने पनि दूतावासले स्पष्ट पारेको छ ।
