Nagarik Sawal

२०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

जातिय विभेद बिरुद्ध बिश्व मञ्च ‘ग्लोबल फोरम’ जापानको अध्यक्षमा मुना सुनार सर्वसम्मत चयन


2.5K
Shares

जातिय विभेद बिरुद्ध बिश्व मञ्च ‘ग्लोबल फोरम’ जापानको अध्यक्षमा मुना सुनार सर्वसम्मत चयन

टोकीयो संवाददाता
टोकियो, २१ वैशाख :  ग्लोबल फोरम जापानको अध्यक्षमा मुना सुनार सर्बसम्मतले चयन हुनुभएको छ । ‘सबैखाले विभेदहरुको अन्त्य गरौं, समानतामुलक समाजको निर्माण गरौं’ भन्ने मुल नाराका साथ शुक्रबार जापानको राजधानी टोकीयोमा फोरमको तेस्रो अधिवेशनबाट उहाँ अध्यक्ष पदमा सर्वसम्मत चयन हुनुभएको हो ।

अधिवेशनबाट नयाँ कार्यसमितिको उपाध्यक्षमा गोविन्द सिंह, दिपक सुनार, सरिता बराईली, मञ्जुल बराईली, अमृत सुनार र मंगल सुनार चयन हुनुभएको छ । त्यस्तै महासचिवमा गंगालाल जि.आर, सचिवमा बिष्णु बि.क, प्रकाश बिश्वकर्मा, रबिन्द्र रसाईली, गणेश सोनी रसाईली र शिशीर सुर्खेती चयन हुनुभएको आयोजकले जनाएको छ । समितिको कोषाध्यक्षमा सोम बि.क र सह–कोषाध्यक्षमा उत्तम बिश्वकर्मा चयन हुनुभएको छ ।

त्यस्तै सदस्यमा रिमा गदारेली, सुजन सुनार, द्रोणबहादुर सुर्खेती, पवन बिश्वकर्मा, रामशरण रसाईली, राजेश बिक, सुनिता बराईली, शिला रसाईली, बिमल बिक, सुशिल सुनार, सुरेन लोहोनी बिक, हरि बिसी, लक्ष्मी बिक, झरना बराईली, पुष्पा बिक, पदमप्रसाद भट्टराई, गोबिन्द बिक र नारायण बिक चयन भएको आयोजकले जनाएको छ ।

फोरमका अध्यक्ष धनबहादुर बि.कको सभापतित्व र एनआरएन जापानका अध्यक्ष नविन निउरेको प्रमुखआतिथ्यतामा भएको अधिवेशनमा उपाध्यक्ष गंगालाल जि.आरले स्वागत मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रमको उद्घाटन समारोहमा प्रमुख अतिथी निउरे सहित नेपाल पत्रकार महासंघ जापानका संस्थापक अध्यक्ष तिलक मल्ल, आदिबासी जनजाति महासंघका अध्यक्ष सुकमान थिङ तामाङ, महिला सामाजिक अभियान्ताद्वय अनिता गुरुङ र सरिता ढकाल, नेपाली जनसम्पर्क समिति जापानका महामन्त्री रामजंग कार्की, प्रेस सेन्टर जापानका अध्यक्ष सन्दिप सुनार, मोना जापानका महासचिव एवंम् एनआरएन कान्तोका संयोजक सागर कार्की, गोरखा समाज जापानका अध्यक्ष चुडामणि भट्टराई, बिश्व साइकलयात्री अजय भगत लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

बक्ताहरुले आर्टीफिसियल इन्टेलीजेन्सी (एआइ) को एक्काइसौ शताब्दीमा पनि हाम्रो नेपाली समाजमा विद्यमान जातिय भेदभाव र छुवाछुत जस्तो अति निन्दनीय अवशेषहरु अझै उन्मुलन हुन नसकेकोमा दुख ब्यक्त गरेको थिए । उनिहरुले जातिय विभेद अन्त्यमा लागि व्यक्ति परिवार र समुदाय सवैको पहल आवश्यक रहेका धारणा व्यक्त गरेका थिए ।

समारोहमा एक कार्यक्रमका लागि जापान आएका नायक भुवन केसी, गायक चेतन सापकोटा लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरुले शुभकामना मन्तब्य व्यक्त गरेका थिए । समारोहको अन्त्यमा सभाध्यक्ष बिकले अधिवेशन सफल पार्न सहयोग गर्ने सबैप्रति धन्यबाद ब्यक्त गर्दै नवगठित कार्यसमितिलाई सफल कार्यकालको शुभकामना तथा बधाई  दिनुभएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology