Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

वेस्टइन्डिज ‘ए’सँगको तेस्रो हारसँगै नेपालले सिरिज गुमायो


1.5K
Shares

वेस्टइन्डिज ‘ए’सँगको तेस्रो हारसँगै नेपालले सिरिज गुमायो

काठमाडौं,२० वैशाख । वेस्टइन्डिज ‘ए’ले चौथो टी २० खेलमा घरेलु टोली नेपाललाई २८ रनले हराउँदै एक खेल अगावै सिरिज जितेको छ । पाँच खेलको सिरिजमा वेस्टइन्डिज ३–१ ले अघि छ । पहिलो खेल हारे पनि त्यसपछि लगातार तीन खेलमा जितका साथ सिरिज जितेको हो ।

११० रनको लक्ष्य पछ्याएको नेपाल २० ओभरमा १८१ रनमा अल आउट भएको छ । नेपालका कप्तान रोहित पौडेलले ४७ बलमा ७ चौका र ५ छक्कासहित सर्वाधिक ८२ रन बनाए पनि जित्नलाई पर्याप्त भएन ।

रोहितले पहिलो खेलमा ११२, दोस्रो खेलमा ७१ रन र तेस्रो खेलमा विश्राम गरेका थिए । रोहित बाहेक आजको खेलमा पनि अन्य ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् ।

स्पिनर हेडन वाल्स जुनियरको १४औं ओभरको तेस्रो बलमा रोहित लङअफमा म्याथ्यु फर्डबाट क्याच आउट भएपछि शतकको अवसर गुमाएका थिए ।

ओपनर आसिफ शेख शून्य र कुशल भुर्तेल १ रनमा आउट भएका थिए । कुशल मल्ल ४, सन्दीप जोरा, दीपेन्द्रसिंह ऐरी र गुलशन झा १९–१९ रनमा आउट भए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology