Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखामा आगलागीबाट दुईघर र चारवटा गोठमा पूर्ण क्षति


3.7K
Shares

गोरखामा आगलागीबाट दुईघर र चारवटा गोठमा पूर्ण क्षति

गोरखा, २० वैशाख : गोरखामा आगलागीबाट दुईवटा घर र चारवटा गोठ जलेर पूर्ण रुपमा क्षति भएको छ । गोरखा नगरपालिका–५, स्थित ठूलोरिपमा घरनजिकै जंगलमा बुधवार लागेको डढेलो बस्तीमा पुग्दा स्थानीयबासी पार्वती राना र रुपा नाराको घर जलेर पूर्ण क्षति भएको हो ।

आगलागीबाट पार्वतीको दुईकोठे र रुपाको दुईकोठे घर पूर्ण रुपमा क्षति भएको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी समेत रहनुभएका प्रहरी नायव उपरीक्षक (डिएसपी) रमेशकुमार श्रेष्ठले जानकारी दिनुभयो । सोही ठाउँका अर्का स्थानीय पूर्णबहादुर मगरको गोठ आगलागीबाट पूर्ण क्षति भएको उहाँले बताउनुभयो ।

जंगलमा लागेको आगो बस्तीमा पुगेर घर तथा गोठमा क्षति पु¥याएको हो । नेपाली सेना, नेपाल प्रहरी तथा स्थानीयबासी मिलेर आगो नियन्त्रणमा लिएको थियो । त्यस्तै पालुङटार नगरपालिका वडा नम्बर ९ चालिसेडाँडामा आगलागीबाट तीनवटा गोठमा क्षति पुगेको छ ।

स्थानीयबासी रुद्र गुरुङ, इन्दिरा गुरुङ र फागु गुरुङको गोठमा आगलागीबाट क्षति भएको डिएसपी श्रेष्ठले बताउनुभयो । आगलागीबाट फागुको गोठमा रहेको गाई समेत जलेर मरेको छ । त्यहाँ विद्युतसर्ट भएर आगलागी भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । घटनाको थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

नेपाल रेडक्रस सोसाइटी गोरखा शाखाले ठूलोरिपका आगलागी पिडितलाई राहत सामाग्री उपलब्ध गराएको छ । आगलागीबाट घर र गोठमा क्षति पुगेका परिवारलाई आपतकालिन सहयोग उपलब्ध गराएको नेपाल रेडक्रस सोसाइटी गोरखा शाखाका कार्यालय प्रमुख सुवास घिमिरले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology