Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

‘गण्डकी गाउँपालिकामा अशक्त र असहायको उपचारका लागि घरघरमा डाक्टर कार्यक्रम’


2.7K
Shares

‘गण्डकी गाउँपालिकामा अशक्त र असहायको उपचारका लागि घरघरमा डाक्टर कार्यक्रम’

गोरखा, १८ वैशाख ः गोरखाको गण्डकी गाउँपालिकाले पालिका भित्रका जेष्ठ नागरिक, अशक्त तथा असहाय व्यक्तिहरुमा सहज स्वास्थ्य उपचारको पहुँच पु¥याउन ‘घरघरमा डाक्टर कार्यक्रम’ सञ्चालन गरेको छ । गाउँपालिकाले पालिकाभित्रका सवै वडामा रहेका अशक्त, असहाय तथा जेष्ठ नागरिकको घरमै पुगेर नियमित स्वास्थ्य जाँचको व्यवस्था मिलाएको गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख कुमार सुनारले जानकारी दिनुभयो ।
‘‘अशक्त, अपांगता भएका व्यक्ति र जेष्ठ नागरिकहरु उपचारका लागि नियमित रुपमा स्वास्थ्य संस्थामा धाउन कठिन हुन्छ, उहाँले भन्नुभयो, ‘‘संविधानमै नागरिकहरुको मौलिक हकको रुपमा रहेको स्वास्थ्य उपचारको अधिकारलाई कार्यान्व्यन गर्दै स्थानीय सरकारको अनभूति दिलाउन लक्षित व्यक्तिको घरमै गएर नियमित स्वास्थ्य सेवा हामीले उपलब्ध गराउँदै आएका छौ।’’


कार्यक्रममार्फत गाउँपालिकाले उपलब्ध गराउँदै आएको नियमित स्वास्थ्य जाँचको सुविधाले पालिका भित्रका दीर्धरोगीको समयमा समस्याको पहिचान हुने र सम्भावित जोखिम न्युनीकरणमा समेत सजिलो भएको उहाँले बताउनुभयो । ‘‘गाउँघरतिर सामान्य समस्यामा स्वास्थ्य जाँच नगर्ने र रोगले च्यापेपछि उपचारका लागि पुग्दा ठूलो खर्च व्यर्होनुपर्ने अवस्था समेत आइलाग्छ, प्रमुख सुनारले भन्नुभयो, ‘‘यो कार्यक्रमले त्यस्ता खालमा समस्याको पनि समाधान गर्न मद्दत पुगेको छ ।’’
घरघरमा स्वास्थ्य जाँचमा पुग्ने स्वास्थ्यकर्मीले प्रेसर, सुगरलगायतका समस्याको जाँच गर्नुका साथै दीर्घरोगीको अन्य स्वस्थ्य अवस्थाको बारेमा समेत जानकारी लिने गरेका छन् । ‘‘घरमै पुगेर स्वास्थ्यकर्मीले आवश्यकता अनुसार स्वास्थ्य परामर्स दिने, खानपान, सरसफाईका बिषयमा सुझाव पनि दिदै आएको छ उहाँले भन्नुभयो, ‘‘आवश्यकताका आधारमा औषधी उपलब्धगराई प्राथामिक स्वास्थ्य उपचारसम्मको सेवा समेत प्रदान गर्दै आएका छौ ।’’

गाउँपालिकाले प्रत्येक स्वास्थ्य चौकी र आधारभूत स्वास्थ्य इकाईबाट समय तालिका मिलाएर नियमित रुपमा चिकित्सकबाट नै उपचार सेवा समेत उपलब्ध गराउँदै आएको प्रमुख सुनारले बताउनुभयो । ‘‘चिकित्सकलाई घरघरमा पु¥याउन त समस्या छ, उहाँले भन्नुभयो ‘‘त्यसैले उहाँहरु टोल तथा इकाईसम्म पुगेर नागरिकको नियमित स्वास्थ्य जाँच गर्नुहुन्छ भने स्वास्थ्यकर्मीहरु घरसम्मै पुगेर उपचार सेवा प्रदान गर्दै आइरहेका छन् ।’’
गाउँपालिकाले प्रत्येक वडामा रहेका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीले नै लक्षित व्यक्तिको घरघरमा पुगेर स्वास्थ्य जाँच गर्ने व्यवस्था मिलाएको उहाँको भनाई छ । सवै वडाहरुमा प्रत्येक महिना नियमित रुपमा स्वास्थ्यकर्मीहरु घरघरमा पुग्ने गरेका छन् भने वडागत हिसावमा आवश्यकताका हेरेर समय व्यवस्थापन गरी कार्यक्रम सञ्चालन गर्दै आएको प्रमुख सुनारले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology