नेपाल कम्युनिस्ट पार्टी (एमाले) भीमसेन थापा गाउँपालिका पार्टी कमिटीको दोस्रो अधिवेशनबाट सुजन सिंखडा सर्वसम्मत अध्यक्षमा चयन हुनुभएको छ । आइतवार सम्पन्न भएको पालिकाको अधिवेशनबाट सिंखडालार्ई दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्विरोध चयन गरेको हो ।
त्यस्तै गाउँपालिका पार्टी कमिटीको उपाध्यक्षमा शंकर ढकाल, सचिवमा योगेन्द्र भट्ट, उपसचिवमा मन्दिरा लामिछाने र अमित थापा मगर सर्वसम्मत चयन हुनुभएको पार्टीले जनाएको छ ।