Nagarik Sawal

२०८३ कार्तिक १८ मंगलबार

२०८३ कार्तिक १८ मंगलबार

गोरखामा सवारी दुर्घटना : श्रीमानकाे मृत्यु, श्रीमती घाइते   


4.7K
Shares

गोरखामा सवारी दुर्घटना : श्रीमानकाे मृत्यु, श्रीमती घाइते   

गोरखा, १४ वैशाख: पृथ्वीराजमार्गअन्तर्गत पर्ने गोरखा–आँबुखैरेनी सडकखण्डमा आज मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । गोरखा सदरमुकामबाट बाह्रकिलोतर्फ जाँदै गरेको ग१३प ९३२५ नंको मोटरसाइकल गोरखा–आँबुखैरेनी सडकखण्डमा पर्ने गोरखा नगरपालिका–११ स्थित चौधकिलो भन्ने ठाउँमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक रमेशकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

दुर्घटनामा परी मोटरसाइकल चालक सिरानचोक गाउँपालिका–७ नयाँसाँघु बस्दै आउनुभएका ४५ वर्षीय अशोक गहतराजको मृत्यु भएको उहाँले बताउनुभयो । मोटरसाइकल अनियन्त्रित भएर सडकबाट झन्डै २० मिटर तल खसेको थियो । दुर्घटनामा गम्भीर घाइते हुनुभएका उहाँको गोरखा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिनुभयो ।

दुर्घटनामा मोटरसाइकलको पछाडि बस्ने ३५ वर्षीया सीता गहतराजको घाइते हुनुभएको छ । उहाँको गोरखा अस्पतालमा उपचार भइरहेको छ । घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology