Nagarik Sawal

२०८३ कार्तिक १८ मंगलबार

२०८३ कार्तिक १८ मंगलबार

उत्तरी गोरखाको चुम्चेतमा आँखा शिविर सम्पन्न, १७ जनाको सफल शल्यक्रिया


1.5K
Shares

उत्तरी गोरखाको चुम्चेतमा आँखा शिविर सम्पन्न, १७ जनाको सफल शल्यक्रिया

गोरखा, १३ बैशाख । उत्तरी गोरखाको चुम्चेतमा आँखा शिविर सम्पन्न भएको छ । हालै सम्पन्न शिविरमा १७ जनाको सफल शल्यक्रिया गरिएको चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाले जानकारी दिनुभयो ।

‘यो ठाउँमा पहिलो पटक आँखा शिविर भएको हो’ अध्यक्ष लामा भन्नुभयो ‘९० बर्षिय बृद्वको शल्य क्रिया भएपछी आँखाको ज्योती फकिएको छ ।’ शिविरमा ९० बर्षिय बृद्व इपी पागोको शल्य क्रिया पछी आँखाको ज्योती फर्किएको भन्दै खुशी भएका थिए ।

पालिकाको विशेष पहल तथा वडा नम्बर ६ को सहयोगमा देलेक चिल्ड्रेन फाउन्डेशनले शिविर सञ्चालन अध्यक्ष निमा लामाले बताउनुभयो । बैशाख ६ गतेदेखी ९ गतेसम्म सञ्चालनमा आएको शिविरमा १७२ जनाले आँखा जाँच गराएका थिए भने १७ जनो शल्यक्रिया गरिएको थियो ।

शिविरमा आँखा जाँच गराउन दुर दराजबाट आएका सर्व साधारणहरुलाई फाउन्डेशनले बाटो खर्च समेत उपलब्ध गराउनुका साथै शल्यक्रिया पछी केही दिन आराम गर्न लाग्ने खर्च समेत प्रदान गरेको अध्यक्ष लामाले जानकारी दिनुभयो ।

शिविरमा आँखा जाँच तथा शल्य क्रिया निःशुल्क रुपमा गरिएको थियो । आँखा जाँच गराएकाहरुलाई औषधी तथा चश्मा समेत निःशुल्क उपलब्ध गराइएको थियो ।

शिविरमा ९ जना चिकित्सकहरुको टोलीले सेवा दिएको पालिका अध्यक्ष निमा लामालेबताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology