गोरखा, ११ बैशाख । गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले भोली सार्बजनिक बिदा दिएको छ । २०७२ साल बैशाख१२ गते भूकम्पमा परेर मृत्यु भएका नागरिकहरूको स्मृतिमा पालिकाले सार्वजनिक बिदा दिएको हो ।
गाउँपालिका अध्यक्ष विष्णु प्रशाद भट्टले मंगलबार सूचना जारी गर्दै भोली बुधबार गाउँपालिकाभर बिदा दिएको बताउनुभएको छ । २०७२ वैशाख १२ गते शनिबार ११:५६ बजे गोरखाको बारपाक केन्द्रविन्दु भएर ७.८ रेक्टर स्केलको भूकम्प गएको थियो ।
भूकम्पमा परेर मृत्यु भएका नागरिकहरूको सम्झनामा गाउँपालिकाले बुधबार बिहान ११ ः ४५ बजे हिमालय माविको खेलमैदानमा श्रद्धाञ्जली कार्यक्रम पनि राखेको छ ।
