Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

आज १८ औँ लोकतन्त्र दिवस : विभिन्न कार्यक्रम गरी मनाइँदै 


2.4K
Shares

आज १८ औँ लोकतन्त्र दिवस : विभिन्न कार्यक्रम गरी मनाइँदै 

गोरखा, ११बैशाख । आज १८ औँ लोकतन्त्र दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । २०६३ साल वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्र शाहले आन्दोलनरत दलको मागअनुसार २०५९ जेठ ८ गते विघटन भएको संसद् पुनस्र्थापना गरेको र जनताको विजय भएको खुसियालीमा २०६४ सालदेखि लोकतन्त्र दिवस मनाउन थालिएको हो ।

२०६३ जेठ ४ गतेको संसद्ले राजदरबारको अधिकार कटौती गर्दै राजसंस्थालाई निलम्बन गरेको थियो भने माओवादीलाई शान्ति प्रक्रियामा ल्याएर संविधानसभा निर्वाचन गर्ने सङ्कल्प प्रस्ताव पारित गरेको थियो ।

२०७० मङ्सिर ४ गते सम्पन्न दोस्रो संविधान सभा निर्वाचनबाट निर्वाचित सभाले २०७२ असोज ३ गते सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी गरेको थियो ।

विभिन्न आन्दोलनको बलमा बनेको नयाँ संविधान अनुसार मुलुकमा तीन तहका सरकार बनेका छन् । सर्वसाधारण नागरिक तथा बुद्धिजीविहरू भने लोकतन्त्रको महसुस गराउनका लागि नेतृत्वमा पुगेकाहरूले अझै धेरै काम गर्न बाँकी रहेको बताउँदै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology