Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

वीर गणेशमान सिंह ट्वान्टी २० राष्ट्रिय क्रिकेट प्रतियोगिता


1.9K
Shares

वीर गणेशमान सिंह ट्वान्टी २० राष्ट्रिय क्रिकेट प्रतियोगिता

काठमाडौँ, १० वैशाख । वीर गणेशमान सिंह ट्वान्टी २० राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज कर्णाली प्रदेशले गण्डकी प्रदेशलाई पाँच रनले पराजित गर्दै विजयी भएको छ ।

मूलपानी क्रिकेट मैदानमा कर्णालीले प्रस्तुत गरेको एक सय ६९ रनको लक्ष्य पछ्याएको गण्डकीले २० ओभरमा चार विकेट गुमाउँदै एक सय ६३ रनमा समेटियो । गण्डकीका लागि अर्जुन कुमालले ५५ बलमा सात चौका र एक छक्काको मद्दतले सर्वाधिक ७० रनको योगदान गर्नुभयो ।

यसैगरी, रोशन गौतमले २३, सन्दीप क्षेत्रीले अविजित १९, कप्तान विपिन खत्रीले अविजित १७, दीपक डुम्रेले १४ तथा ईश्वर क्षेत्रीले १२ रन बनाउनुभयो । कर्णालीका लागि कप्तान दिवान पुन, प्रकाश जैसी र युनिस ठकुरीले समान एक–एक विकेट लिनुभयो ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको कर्णालीले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै एक सय ६८ रन बनाएको थियो । कर्णालीका लागि विपिन रावलले ४३ बलमा पाँच छक्का र चार चौकाको मद्दतले सर्वाधिक ६८ रनको योगदान गरे ।

त्यसैगरी, रवीन्द्र शाहीले ३३, दिनेश अधिकारीले अविजित २९ तथा अर्जुन घर्तीले २८ रन बनाउनुभयो । गण्डकीका लागि अमृत गुरुङले चार विकेट लिए । यस जितसँगै कर्णालीले प्रतियोगितामा तेस्रोे जित दर्ता गराएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology