Nagarik Sawal

२०८३ साउन २२ शुक्रबार

२०८३ साउन २२ शुक्रबार

जन्ती बस दुर्घटना, ३ जनाको मृत्यु, दुलहासहित ३२ घाइते


1.6K
Shares

जन्ती बस दुर्घटना, ३ जनाको मृत्यु, दुलहासहित ३२ घाइते

काठमाडौं,७ वैशाख । सिन्धुपाल्चोकको जन्ती बस दुर्घटनामा ज्यान गुमाउने ३ जनामध्ये २ को सनाखत भएको छ। मृत्यु हुनेमा दोलखा भीमेश्वरका मानबहादुर थामी र भीमेश्वर–१ का शिव श्रेष्ठ रहेको खुलेको छ ।

दोलखाको भीमेश्वर–१ सुस्पाबाट सिन्धुपाल्चोक त्रिपुरासुन्दरी–४ पिस्करमा दुलही लिन हिँडेको बा ४ ख ५६१६ नम्बरको बस सिन्धुपाल्चोक, त्रिपुरासुन्दरी–५ स्थित तौथलीनजिकै शुक्रबार बिहान साढे सात बजे दुर्घटना भएको थियो ।
३ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने दुर्घटनामा दुलहासहित ३२ जना घाइते भएका छन् । तौथलीनजिकै धारावतीमा बस सडकबाट करिब सय मिटर तल खसेको थियो । ‘दुर्घटनामा दुलहासहित ३२ घाइते भएका थिए। उनीहरू सबैको उद्धार भइसकेको छ। गम्भीर घाइते केहीको सदबहादर अस्पताल खाडीचौरमा उपचार भइरहेको छ।

उनले केही यात्रु बीच बाटाबाट पनि थपिएकाले कति जन्ती थिए भनेर यकिन हुन नसकेको छैन । अहिले सशस्त्र, नेपाल प्रहरीले शव निकाले सनाखतको कार्य गरिरहेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology