Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

रिहा भए एन्फा उपाध्यक्ष दावा लामा


2.1K
Shares

रिहा भए एन्फा उपाध्यक्ष दावा लामा

काठमाडौँ, ६ बैशाख । बुधबार मात्र पक्राउ परेका अखिल नेपाल फुटबल संघ एन्फाका उपाध्यक्ष दावा लामा रिहा भएका छन् । दावाले सर्वोच्चमा दायर गरेको रिटको आधारमा उनलाई रिया गरिएको जिल्ला अदालत काठमाडौँले जनाएको छ ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले लामालाई पक्राउ गरेको थियो । तर, मुलुकी फौजदारी कार्यविधि समिता २०७४ को दफा १३७ बमोजिम उनलाई सर्वोच्च अदालतले सुविधा दिने आदेश गरेको थियो ।

सर्वोच्चको आदेश अनुसार फैसला कार्यान्वयनतर्फ केही गरिरहनु नपर्ने जिल्ला अदालत काठमाडौँले जनाएको छ। लागु औषध खैरो हिरोइनको कारोबारको सम्बन्धमा तत्कालीन पुनरावेदन अदालत पाटनले २०६४ साल जेठ २० गते फैसला सुनाउँदै लामाले लागु औषधको कारोबार गरेको ठहर गरी उनलाई ५ वर्ष कैद र ५ हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो ।

२०६१ साल साउन ८ गते काठमाडौँको वनस्थलीबाट ५ ग्राम खैरो हिरोइनसहित दावा लामा पक्राउ परेका थिए । साबिकको सर्लाही जिल्ला साखापुर गाविस वडा नम्बर १ घर भएका लामालाई काठमाडौँको वनस्थली चोकबाट पक्राउ गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology