Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

‘मुन्नाभाइ ३’ बन्ने, निर्देशक चोपडा भन्छन्  फिल्ममार्फत सन्देश पनि दिनेछु


1.6K
Shares

‘मुन्नाभाइ ३’ बन्ने, निर्देशक चोपडा भन्छन्  फिल्ममार्फत सन्देश पनि दिनेछु

काठमाडौं, ५ बैशाख ।  विधु विनोद चोपडाको फिल्म ‘टुवेल्थ फेल’ले भारतीय हलमा रजत जयन्ती पूरा गर्‍यो । अवस्था यस्तो आयो कि चोपडा आफैंले हल सञ्चालकलाई बोलाएर जबरजस्ती फिल्म नचलाउन आग्रह गर्नुपर्‍यो ।

फिल्मले राम्रो व्यापार गरिरहेकोले हटाउन आवश्यक नरहेको हल मालिकले बताएका थिए । चोपडाले आजको समयमा कुनै पनि फिल्मको रजत जयन्ती पूरा हुनु आफैंमा ठूलो कुरा भएको बताउनुभयो । पछिल्लो फिल्मको अभूतपूर्व सफलतापछि निर्देशक चोपडाले आगामी फिल्मबारे महत्वपूर्ण अपडेट दिनुभयो ।

उहाँले मिडिया अन्तर्वार्तामा ‘मुन्नाभाइ ३’ को बारेमा जानकारी दिनुभयो । यो फिल्मको लेखन भइरहेको र बन्ने निश्चित भएको उहाँले बताउनुभयो ।

‘म तपाईंलाई एउटा रोचक कुरा बताउँछु । १८ सातामा मैले पीभीआरका मान्छेलाई फोन गरें । मैले उनलाई फिल्म अहिले नै निकाल्न भनें, किन चलाउन जबरजस्ती गर्दै हुनुहुन्छ । उनीहरुले फिल्म हेर्न दर्शक आउँदैछन्, त्यसैकारण चलाएको बताउनुभयो,’ चोपडाले भन्नुभयो, ‘यो सुनेर म खुसी र अचम्मित दुवै भएँ । आजको समयमा कुनै पनि फिल्मले रजत जयन्ती पूरा गर्दैन । ओटीटीमा फिल्म कति हप्ता चलेको छ त्यो पनि हेर्नुहोस् ।’

जब चोपडालाई उनको फिल्म ‘मुन्नाभाइ ३’ बारे सोधियो, उहाँले भने, ‘यो फिल्मको लेखन भइरहेको छ । यो फिल्म पक्कै बन्नेछ । म यसको ग्यारेन्टी गर्दैछु । साथै यो फिल्ममार्फत जनतालाई सन्देश पनि दिनेछु भन्न चाहन्छु ।’

उहाँले भन्नुभयो, ‘आज पनि मानिसले त्यो जादुयी अँगालो बिर्सन सकेका छैनन् । त्यसैले अब हामी केही नयाँ ल्याउनेछौं ।’ सन् २००३ र २००६ मा रिलिज भएका दुवै फिल्मका श्रृंखला हिट भएका थिए । सर्किट र मुन्नाको जोडीले बक्स अफिसमा हलचल मच्चाएको थियो ।

‘ट्वेल्थ फेल’ पनि जुलाई महिनामा चीनमा रिलिज हुने निर्देशकले बताउनुभयो । जापान र दक्षिण कोरियामा पनि रिलिजको सम्भावना रहेको उनको भनाइ छ । अहिले उनी ‘स्टार्ट फ्रम जिरो’ नामक अर्को फिल्ममा काम गरिरहेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology