Nagarik Sawal

२०८३ कार्तिक १८ मंगलबार

२०८३ कार्तिक १८ मंगलबार

भीमसेनथापा गाउँपालिकामा निशुल्क आँखा शिविर सम्पन्न : शिविरबाट एकहजार भन्दाबढी लाभाव्दित


2.7K
Shares

भीमसेनथापा गाउँपालिकामा निशुल्क आँखा शिविर सम्पन्न : शिविरबाट एकहजार भन्दाबढी लाभाव्दित

गोरखा, ५ वैशाख । गोरखाको भीमसेनथापा गाउँपालिकामा सञ्चालन गरिएको ७ दिने निःशुल्क आँखा जाँच शिविरबाट पालिका भित्रका एकहजार जना भन्दाबढी लाभाव्दित भएका छन् । गाउँपालिका, गोरखा लायन्स आँखा सेवा केन्द्र, नेत्रहिन संघ पुर्नस्थापना कार्यक्रम गोरखाको संयुक्त आयोजना र भरतपुर आँखा अस्पतालको प्राविधिक सहयोगमा शिविर सञ्चालन गरिएको हो ।

शिविरमा गाउँपालिका भित्रका ८ वटै वडाका गरी एकहजार ५८ जनाले आँखाको जाँच तथा उपचार गराएको गोरखा लायन्स आँखा सेवा केन्द्रका प्रशासकिय अधिकृत बिश्वप्रकाश अर्यालले जानकारी दिनुभयो । शिविरमा आँखा जाँच गराएका मध्ये मोतिविन्दुको पहिचान भएका शल्यक्रिया गर्नुपर्ने बिरामीहरुको शल्यक्रिया शिविर सञ्चालन गरी निशुल्क शल्यक्रिया गरिएको उहाँले बताउनुभयो ।

‘‘पालिका भित्रका प्रत्येक वडामा सञ्चालन गरिएको शिविरबाट मोतिविन्दुको पहिचान भएका ७८ जनाको पनि शिविर स्थानीयस्तरमै शिविर सञ्चालन गरी शल्यक्रिया हो, अधिकृत अर्यालले भन्नुभयो, ‘‘शल्यक्रिया गराएकाहरुमा ३१ जना महिला र ४७ जना पुरुष रहेका छन् ।’’

शिविरमा सवै आँखा जाँच गराएका मध्ये नौसय १७ जनालाई आवश्यकताका आधारमा औषधी समेत वितरण गरिएको गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख भेषराज खनालले जानकारी दिनुभयो । त्यस्तै ७८ जनालाई निशुल्क चस्मा वितरण गरिएको उहाँले बताउनुभयो ।

पछिल्लो समय आँखाका रोगका बिरामीहरुको संख्या दिनानु दिन बढ्दै गएको पाइएकाले गाउँपालिकाले केही बर्षदेखि बिभिन्न संस्थाहरुसंगको समन्वय र सहकार्यमा सवै वडामा शिविर सञ्चालन गर्दै आएको छ ।

‘‘आँखा शिविर वाहेक गाउँपालिकाले बिभिन्न समयमा अन्य रोगका बिरामीहरुका लागि पनि वडावडामा शिविरहरु सञ्चालन गर्दै आएको छ, उहाँले भन्नुभयो, गाउँपालिकाले उद्देस्य हरेक नागरिकहरुलाई सामान्य रोगको पहिचानका लागि धाएर टाढाटाढासम्म अस्पताल धाउन नपरोस् र जनताको घरघरमा स्वास्थ्य उपचार सेवा पु¥याउन सकियोस् भन्ने पनि रहेको छ । ’’

भीमसेन थापा गाउँपालिकाले पालिका भित्रका जेष्ठ नागरिकलाई समेत घरघरमा पुगेर स्वास्थ्य जाँच सेवा सञ्चालन गर्दै आएको छ भने गर्भवती महिलाहरुको गर्भमा रहेका बच्चाको स्वास्थ्य जाँचका लागि वडावडामा रहेका स्वास्थ्य संस्थाहरुमा नियमित रुपमा भिडियो एक्सरे जाँच सेवा समेत उपलब्ध गराउदै आएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology