काठमाडौं, ४ वैशाख । नेपालका लागि अमेरिकी राजदूत डिन थम्पसन उत्तरी गोरखा पुगेका छन् । राजदूत थम्पसन र प्रतिनिधि सभा सांसद राजेन्द्र बजगाई लगायतले मंगलबार चुमनुब्री गाउँपालिका वडा नम्बर १ सामागाउँको भ्रमण गरेका हुन् ।
मनास्लु हिमाल क्षेत्र र सामागाउँलगायत अवलोकन गर्न राजदूत थम्पसन उत्तरी गोरखा पुग्नुभएको हो ।
उक्त क्षेत्रबाट निर्वाचित नेपाली कांग्रेसका सांसद बजगाईले सो अवसरमा मनास्लु हिमाल आसपासका क्षेत्रमा जलवायु परिवर्तनबाट स्थानीयका जनजीवनमा परेका असरलगायत बारेमा पनि कुराकानी भएको बताउनुभयो ।
राजदूत थम्पसनले सामागाउँका स्थानीय बासिन्दासँग कुराकानी गरेका थिए। राजदूत थम्पसन मंगलबार नै बारपाक पनि पुगेका थिए ।