Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

नेपाललाई हङकङले दियो ११५ रनको लक्ष्य


1.5K
Shares

नेपाललाई हङकङले दियो ११५ रनको लक्ष्य

काठमाडौँ, ३ वैशाख । एसिसी प्रिमियर कप टी–२० क्रिकेट प्रतियोगिताअन्तर्गत समूहको तेस्रो खेलमा नेपाललाई जितको लागि हङकङले एक सय १५ रनको लक्ष्य दिएको छ ।

ओमानको अल इमिरेट्स क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको हङकङले निर्धारित १७।५ ओभरमा सबै विकेटको क्षतिमा एक सय १४ रन बनायो । हङकङका लागि आन्सी राथले ३४ रन बनाउनुभयो ।

जेसान अलीले १४, कप्तान निजकट खानले १२ र इशान खानले ११ रन बनाउनुभयो । बलिङमा नेपालका अविनाश बोहराले तीन विकेट लिनुभयो । ललित राजवंशी र दीपेन्द्रसिंह ऐरीले दुई दुई तथा करण केसीले एक विकेट लिनुभयो । वर्षाले केही समय ढिला सुरु भएको खेल १८ ओभरमा झारिएको हो ।

प्रतियोगिताको समूह ‘ए’ मा रहेको नेपाल आज लगातार तेस्रो जित निकाल्दै एक खेल अगावै सेमिफाइनल पुग्ने लक्ष्यमा छ । यसअघि समूहको पहिलो खेलमा नेपालले मलेसियालाई पाँच विकेट तथा कतारलाई ३२ रनले हराएको थियो ।

यस्तै हङकङ पनि दोस्रो जित निकाल्ने योजनामा छ । हङकङले यसअघि कतारलाई २६ रनले पराजित गरेको थियो । हङकङ साउदी अरेबियासँग ५५ रनले पराजित भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology