Nagarik Sawal

२०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

राप्रपा आन्दोलनमा अश्रुग्यास लागेका ठाकुरप्रसाद डाँगीको निधन


1.1K
Shares

राप्रपा आन्दोलनमा अश्रुग्यास लागेका ठाकुरप्रसाद डाँगीको निधन

काठमाडौं, ३ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको आन्दोलनमा अश्रुग्यास प्रहारपछि श्वासप्रश्वासमा समस्या देखिएका एक जनाको निधन भएको छ।

राप्रपा बर्दिया मधुवन नगर कार्यसमिति अध्यक्ष ६५ वर्षीय ठाकुरप्रसाद डाँगीको निधन भएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिनुभयो ।

डाँगी राप्रपाले गत चैत २७ गते काठमाडौंमा गरेको प्रदर्शनमा सहभागी थिए। प्रवक्ता श्रेष्ठका अनुसार प्रदर्शनमा सहभागी उनलाई प्रहरीले प्रहार गरेको अश्रुग्यास लागेको थियो ।

‘प्रहरीले हानेको अश्रुग्यास लागेपछि उहाँलाई श्वासप्रश्वासमा समस्या देखिएको थियो । वीरेन्द्र सैनिक अस्पताल छाउनीमा उहाँको उपचार गरिएको थियो,’ श्रेष्ठले भननुभयो, ‘उपचारका क्रममा उहाँको सोमबार निधन भएको छ। अश्रुग्यास प्रहारपछि उहाँलाई श्वासप्रश्वास र टाउकोलगायतमा समस्या देखा परेको थियो, उहाँमा उच्च रक्तचाप पनि देखिएको थियो।’

डाँगीको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि सोमबार मध्याह्न १२ बजे राप्रपा केन्द्रीय कार्यालय चाबहिलमा राखिने उहाँले बताउनुयो। सरकारले ४० बुँदे माग पूरा नगरेको भन्दै राप्रपाले चैत २७ गते भद्रकाली क्षेत्रमा प्रदर्शन गरेको थियो ।

निषेधित क्षेत्र तोडेको भन्दै प्रहरीले प्रदर्शनमा उत्रिएकाहरूमाथि अश्रुग्यास र पानीको फोहरा प्रहार गरेको थियो। उक्त प्रदर्शनमा ३० जनाभन्दा बढी मानिस घाइते भएको राप्रपाले बताएको छ ।

काठमाडौं उपत्यका प्रहरी कार्यालय प्रमुख एआइजी दीपक थापाले राप्रपाको चैत २७ को आन्दोलनमा राप्रपा र प्रहरीतर्फ गरी कूल १८ जना घाइते भएको विवरण रहेको बताउनुभयो ।

‘घाइतेहरूलाई ट्रमा सेन्टर पठाइएकोमा चैत २७ र २८ गते सबै डिस्चार्ज भएको विवरण प्रहरीमा छ,’ उहाँले भन्नुभयो, ‘मृत्यु भएका डाँगीको विवरण प्रहरीको रेकर्डमा छ वा छैन हामी खोज्छौं ।’ प्रहरीले प्रहार गरेको अश्रुग्यासकै कारण मानिसको मृत्यु नहुने दाबीसमेत उहाँले गर्नुभएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology