Nagarik Sawal

२०८३ कार्तिक १८ मंगलबार

२०८३ कार्तिक १८ मंगलबार

बलात्कार आरोपमा गोरखाका १ जना पक्राउ


1.7K
Shares

बलात्कार आरोपमा गोरखाका १ जना पक्राउ

गोरखा, ३ बैशाख । बलात्कार गरेको आरोपमा गोरखा प्रहरीले १ जना पुरुषलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा अजिरकोट गाउँपालिका–४ ढोडेनी बस्ने बर्ष ३८ का डिलबहादुर थापा मगर भएको प्रहरीले पु्ष्टी गरेको हो ।

पक्राउ परेका डिलबहादुरले चैत्र २९ गते दिउसो ४ः१५ बजेको समयमा स्थानिय ४७ बर्षिया ‘त्र कुमारी’ नाम परिवर्तनलाई बलात्कार गरेको आरोप लागेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरिक्षक एवं सूचना अधिकारी रमेशकुमार श्रेष्ठले जानकारी दिनुभयो । आरोपितले उक्त महिलालाई घरमा कोही पनि नभएको मौकी छोपी जबरजस्ती करणी उद्योग गरेको उहाँले बताउनुभयो ।

घटना लगत्तै पिडितले प्रहरीमा उजुरी दिए लगत्तै चैत्र ३० गते पक्राउ परेको प्रहरीले जानकारी दिएको छ । पक्राउ परेका डिलबहादुर बिरुद्व प्रहरीले जबरजस्ती करणी शिर्षकमा मुद्वा दर्ता गरी अनुसन्धानका लागि गोरखा जिल्ला अदालतबाट बैशाख २ गते म्याद थप गरीएको पनि सूचना अधिकारी श्रेष्ठले जानकारी दिनुभयो ।

उनलाई अहिले प्रहरीले आफ्नो हिरासतमा राखेर अनुसन्धान थालेको पनि प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology