Nagarik Sawal

२०८३ कार्तिक १८ मंगलबार

२०८३ कार्तिक १८ मंगलबार

पालिका स्तरीय भलिबल प्रतियोगिता : पुरुष तर्फ भिमसेन थापा र शहिद लखन फाइनलमा प्रवेश


2K
Shares

पालिका स्तरीय भलिबल प्रतियोगिता : पुरुष तर्फ भिमसेन थापा र शहिद लखन फाइनलमा प्रवेश

गोरखा, ३० चैत । गोरखा सदरमुकाममा जारी पालिका स्तरीय भलिबल प्रतियागिता अन्तरर्गत पुरुष तर्फको खेलमा भिमसेन थापा र शहिद लखन गाउँपालिका फाईनलमा प्रवेश गरेको छ ।

फाईलनमा प्रवेश गरेको भिमसेन थापाले बारपाक सुलिकोट गाँउपालिकालाई ३–२ र शहिद लखनले अजिरकोट गाउँपालिकालाई सोझो ३–० को सोझो सेटमा हराएर फाइनलमा प्रवेश गरेको जिल्ला भलिबल संघ गोरखाका सचिव राजुबावु श्रेष्ठले बताउनुभयो ।

शहिद लखन र अजिरकोटको खेल हिजै सम्पन्न भएता पनि भिमसेन थापा र बारपाकको खेल भने मौसमका कारण हिजो स्थगित गरेर आज बिहान खेलाईएको थियो ।

उप बिजेता रहेको अजिरकोट र बारपाक गाउँपालिका बिच तेस्रो स्थानको लागि अहिले खेल हुदै गरेको छ । त्यस्तैगरी, फाइनमा पुगेको भिमसेन थापा र शहिद लखनको खेल आजै दिउसो हुने पनि संघका सचिव श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology