Nagarik Sawal

२०८३ कार्तिक १८ मंगलबार

२०८३ कार्तिक १८ मंगलबार

तीन किलो गाँजा सहित गोरखाका एक व्यक्ति पक्राउ


1K
Shares

तीन किलो गाँजा सहित गोरखाका एक व्यक्ति पक्राउ

गोरखा २९ चैत । करिब ३ किलो गाँजा सहित गोरखाका एक व्यक्ति पक्राउ परेका छन् । गोरखाको सिरानचोक गाउँपालिकाको थालाजुङका बिनोद गुरुङ सहित २ जनालाई अबैध गाँजा सहित प्रहरीले पक्राउ गरेको हो । तनहुँ प्रहरीले थापा सहित राजधानीको बुढानिलकण्ठ बस्ने आशिष थापालाई पनि पक्राउ गरेको जनाएको छ ।

ईलाका प्रहरी कार्यालय आँबुखैरेनीले दिएको जानकारी अनुसार आँबुखैरेनी गाउँपालिका–२ स्थित सडकबाट गोरखा सिराचोक गाउँपालिका–२ थालाजुङका बिनोद र काठमाण्डौं बुढानिलक९ठका आशिषलाई २ किलो ५०० ग्राम गाँजा सहित पक्राउ गरेको हो ।

२४ बर्षका बिनोद र २५ बर्षका आशिषलाई प्रहरीको बिशेष सुराकीको आधारमा इलाका प्रहरी कार्यालय आँबुखैरेनीबाट खटिएको प्रहरीको टोलीले उनीहरूलाई उक्त परिमाणको गाँजासहित पक्राउ गरेको हो । पक्राउ परेको दुवै जनालाई आवश्यक कानूनी कारवाहीको लागि मुद्वा दर्तागरी थप अनुसन्धान भईरहेको तनहुँ प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology