Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

गोरखामा पालिका स्तरीय भलिबल : महिलातर्फ शहिद लखन र बारपाक सुलिकोट फाइनल भिड्ने


1.8K
Shares

गोरखामा पालिका स्तरीय भलिबल : महिलातर्फ शहिद लखन र बारपाक सुलिकोट फाइनल भिड्ने

गोरखा, २९ चैत । गोरखा जिल्लामा नै पहिलो पटक आयोजना गरीएको पालिका स्तरको भलिबल प्रतियोगिताको आज भएको सेमीफाइनलमा शहिद लखन र बारपाक सुलिकोट फाइनलमा प्रवेश गरेको छ । सदरमुकामको खेलकुद मैदानमा बिहानदेखि सुरु भएको खेलमा दुवै पालिकाले सोझो सेटमा पराजित गरी फाइनलमा प्रवेश गरेको जिल्ला भलिबल संघका सचिव राजुबावु श्रेष्ठले जानकारी दिनुभयो ।

बिहान भएको पहिलो खेलमा शहिद लखनले पालुङटार नगरपालिका र बारपाक सुलिकोटले भिमसेन थापा गाउँपालिकालाई सोझो सेटमा हराउदै फाइनलमा प्रवेश गरेको हो । खेलमा शहिद लखन गाउँपालिका र बारपाक सुलिकोट गाउँपालिकाले पालुङटार नगरपालिका र भिमसेन थापा गाउँपालिकालाई ३–० ले हराउदै फाइनलमा प्रवेश गरेको हो ।

फाइनलमा प्रवेश गरेको शहिद लखन र बारपाक सुलिकोट तथा उप बिजेता भएको पालुङटार नगरपालिका र भिमसेन थापा गाउँपालिकाको खेल भोली बिहान हुनेछ । त्यस्तैगरी, सेमी फाइनलमा पुगेको पुरुष तर्फको शहिद लखन र अजिरकोट गाउँपालिको खेल दिउसो २ बजे र भिमसेन थापा र बारपार सुलिकोट गाँउपालिकाको खेल ४ बजे हुने पनि भलिबल संघले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology