Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

निशानसँग अंश नलिई सम्बन्धविच्छेद गरिन् ऋचाले


2.6K
Shares

निशानसँग अंश नलिई सम्बन्धविच्छेद गरिन् ऋचाले

काठमाडौं, २६ चैत । नेपाल आइडलबाट उदाएका गायक निशान भट्टराई र श्रीमती ऋचा न्यौपानेले सम्बन्धविच्छेद गरेका छन् । गत चैत ७ गते जिल्ला अदालत काभ्रेका न्यायाधीश विश्वनाथ भट्टराईको इजलासले सम्बन्धविच्छेदको फैसाला सुनाएको सूचना अधिकारी हिराकुमारी भण्डारीले जानकारी दिनुभयो ।

सूचना अधिकारी भण्डारीका अनुसार ऋचाले निशानबाट अंश नलिई सम्बन्धविच्छेद गर्नुभयो । उहाँ भन्नुहुन्छ, ‘निवेदनमा अंशबारे केही उल्लेख थिएन । अदालतले पनि अंशका बारेमा केही आदेश दिएको छैन ।’

गत चैत ७ गते निशान र ऋचाले सम्बन्धविच्छेदका लागि संयुक्तरुपमा निवेदन दिएका थिए । निशान ‘नेपाल आइडल’को पहिलो सिजनबाट उदाएका गायक हुन् ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology