Nagarik Sawal

२०८३ कार्तिक १८ मंगलबार

२०८३ कार्तिक १८ मंगलबार

भोलीबाट गोरखा सदरमुकाममा पहिलो पटक अन्तरपालिका स्तरीय भलिबल प्रतियोगिता हुँदै


1.9K
Shares

भोलीबाट गोरखा सदरमुकाममा पहिलो पटक अन्तरपालिका स्तरीय भलिबल प्रतियोगिता हुँदै

गोरखा, २६ चैत । गोरखा सदरमुकाममा भोली बिहानदेखी अन्तरपालिका स्तरीय भलिबल प्रतियागिता हुने भएको छ । जिल्ला भलिबल संघ गोरखाको आयोजनामा पहिलो पटक ‘प्रथम गोरखा जिल्ला अन्तर पालिका स्तरिय पुरुष तथा महिला भलिबल प्रतियोगिता २०८०’ हुन लागेको हो ।

प्रतियोगिता सदरमुकामको खेलकुद मैदानमा हुने संघमा जिल्ला अध्यक्ष कृण्ण गुरुङले जानकारी दिनुभयो । प्रतियोगिता चैत्र ३० गतेसम्म सञ्चालनमा आउने उहाँले बताउुभयो । प्रतियोगिताका लागि चुमनुब्री बाहेकका १० स्थानिय तहले नाम दर्ता गराएको सचिव राजु श्रेष्ठले बताउनुभयो । उहााका अनुसार महिला भलिवलमा भने सिरानचोक गाउँपालिकाले सहभागिता जनाएका छैनन् । सिरानचोकले पुरुष भलिवलमा मात्र भाग लिने छ ।

प्रतियोगिताबाट ब्यवसायीक खेलाडीहरुको पनि उत्पादन हुने र आगामी बर्षदेखी विविध खेलहरु खेलाउने गरी महोत्सवका रुपमा प्रतियोगिता आयोजना गरिने सचिव श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतियोगितामा प्रथम, द्वितिय, तृतिय र सान्त्वना हुने पालिकाले क्रमश ७०, ४०, २५ र १५ हजार नगदका साथै ट्रफी, मेडल र प्रमाण पत्र पाउने छन् । सहभागी पालिकाहरुले दर्ता शुल्क बापत १० हजार रुपैयाँ तिरेको आयोजक भलिबल संघले जानकारी दिएको छ ।

त्यस बाहेक पनि सर्बोत्कृष्ठ खेलाडीलाई ५ हजार तथा उत्कृष्ट डिफेन्डर, सेटर, ब्लकर, सर्भर, खेलाडी, स्पाईकल र प्रशिक्षकलाई २–२ हजार नगद प्रदान गरिने पनि जानकारी दिएको छ ।

लिगकम नकआउटको आधारमा खेलाइने खेल फाइनमा वेष्ट अफ ५ र अन्य खेल भने वेष्ट अफ ३ मा खेलाइने छ । खेल अवधिभर करिब १३ लाख रुपैयाँ खर्च हुने पनि आयोजकले जानकारी गराएको छ ।

युवा जनशत्तिलाई कुलतमा फस्न नदिन पनि खेल मार्फत युवाहरुलाई परिचालन गर्न र खेलकुदको बिकासका लागि प्रतियोगिताको आयोजना गरेको संघले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology