गोरखा, चैत २५ । गोरखामा एक घर जलेर नष्ट भएको छ। गोरखा नगरपालिका– ११ तेह्रकिलो स्थित भ्रमण गुरुङको घरमा आइतबार सँझ ५ बजे अचानक आगलागी हुँदा जस्ताले छाएको दुई तले घर जलेर पूर्ण रुपमा नष्ट भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक रमेशकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँका अनुसार त्यस घरका मानिसहरु घरमा नभएको बेला घरमा आगलागी हुँदा घरको भएको अन्नापात र लत्ताकपडा पूर्णरुपमा जलेर नष्ट भएको छ । स्थानीय र प्रहरीले आगो नियन्त्रणमा लिएका थिए। प्रहरीले आगलागीको कारण खोजी भइरहेको बताएको छ।