Nagarik Sawal

२०८३ कार्तिक १८ मंगलबार

२०८३ कार्तिक १८ मंगलबार

गोरखाका नेपाली १० केजी गाँजा सहित पोखराबाट पक्राउ


2.5K
Shares

गोरखाका नेपाली १० केजी गाँजा सहित पोखराबाट पक्राउ

गोरखा,२५ चैत । गोरखा सौरपानीका १ जना युवकलाई गाँजा सहित प्रहरीले पोखराबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारपाक सुलिकोट गाउँपालिका–४ सौरपानीका २२ बर्षिय मदन नेपाली भएको कास्की प्रहरीले पुष्टी गरेको हो ।

पक्राउ परेका नेपालीबाट प्रहरीले १० केजी गाँजा समेत बरामद गरेको छ । धादिङबाट पोखरा तर्फ जादै गरेको ग। १ च ५१३२ नम्बरको कारलाई ईलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको प्रहरीको टोलीले चेक जाँच गर्ने क्रममा उक्त परिमाणको गाँजा सहित नेपालीलाई नियन्त्रणमा लिएको हो ।

नेपालीलाई प्रहरीले शनिरबार पक्राउ गरेको कास्की प्रहरीले जानकारी दिएको छ । नेपाली उक्त सवारीका चालक भएको पनि प्रहरीले जानकारी दिएको छ ।

पक्राउ परेका नेपालीको बारेमा प्रहरीले अनुसन्धान सुरु गरेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology