Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गण्डकीका मुख्यमन्त्री अधिकारी र दुई मन्त्रीको सपथ


1.5K
Shares

गण्डकीका मुख्यमन्त्री अधिकारी र दुई मन्त्रीको सपथ
गण्डकी, २५ चैतः गण्डकी प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारी, बिनाविभागीय मन्त्रीद्वय हरिबहादुर चुमान र राजीव गुरूङले पद तथा गोपनीयताको सपथ लिनुभएको छ ।
आज प्रदेश प्रमुखको निवासमा आयोजित सपथ ग्रहण समारोहमा प्रदेश प्रमुख डिल्लीराज भट्टले मुख्यमन्त्री र मन्त्रीहरुलाई सपथ खुवाउनुभएको हो । बिनाविभागीय मन्त्रीका रुपमा नियुक्त चुमान नेकपा माओवादी केन्द्रका प्रदेशसभा सदस्य हुनुहुन्छ भने गुरूङ स्वतन्त्र रूपमा निर्वाचित सदस्य हुनुहुन्छ ।
प्रदेश प्रमुख भट्टले संविधानको धारा १६८ को उपधारा २ बमोजिम नेकपा एमाले संसदीय दलका नेता पाण्डेलाई आइतबार नै मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको थियो । एमालेका २२, माओवादी केन्द्रका आठ र एक स्वतन्त्र प्रदेशसभा सदस्यको समर्थनमा अधिकारी मुख्यमन्त्रीमा नियुक्त हुनुभएको हो ।
(((

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology