Nagarik Sawal

२०८३ कार्तिक १८ मंगलबार

२०८३ कार्तिक १८ मंगलबार

गोरखाको पालुङटार नगरपालिकामा निशुल्क आयुर्वेद स्वास्थ्य सम्पन्न : पन्ध्रसय जना लाभाव्दित


1.5K
Shares

गोरखाको पालुङटार नगरपालिकामा निशुल्क आयुर्वेद स्वास्थ्य सम्पन्न : पन्ध्रसय जना लाभाव्दित

गोरखा, २४ चैत । गोरखाको पालुङटार नगरपालिकामा सञ्चालन गरिएको निशुल्क आयुर्वेद स्वास्थ्य शिविरबाट नगरपालिका भित्रका करिब पन्ध्रसय जना नागरिकहरु लाभाव्दित भएका छन् । नगरवासीहरुको स्वास्थ्य सुरक्षाका लागि नगरपालिकाले वडावडामा पुगेर उपचार शिविर सञ्चालन गरेकोे नगरप्रमुख प्रमुख विवस चिन्तनले जानकारी दिनुभयो ।

‘‘आयुर्वेद उपचार पद्दतीलाई घरघरमा पु¥याउने र नगरबासीहरुको स्वास्थ्य उपचारमा पनि विशेष ध्यान पु¥याउने उद्देस्य सहित शिविर सञ्चालन गरिएको हो, उहाँले भन्नुभयो, ‘‘नगरपालिका भित्रका बिभिन्न ८ वडाहरुमा छुट्टाछुट्टै सञ्चालन गरिएको शिविरमा एक हजार ४ सय ११ जनालाई निशुल्क उपचार सेवा प्रदान गरिएको छ ।’’ शिविरमा उपचार सेवा लिएका विरामीहरुलार्ई आवश्यकताका आधारमा औषधी समेत वितरण गरिएको उहाँको भनाई छ ।

‘‘आयुर्वेद शिविरमा बाथजन्य रोग, उच्च रक्तचाप, मांसपेशी दुख्ने, हाडजोर्नीका समस्या भएका विरामी, घुँडा दुख्ने समस्या, स्त्रीरोग, पेट तथा पाचनसम्बन्धी समस्या भएका विरामीहरुको विशेषज्ञ चिकित्सकहरुबाट आयुर्वेद उपचार पद्धती अनुसार उपचार सेवा प्रदान गरिएको हो, पालुङटार नगरपालिका स्वास्थ्य शाखा प्रमुख हितकाजी श्रेष्ठले भन्नुभयो, ‘‘त्यस्तै ग्याष्ट्रिक, पाइल्स, फिस्टुला लगायत अन्य विभिन्न रोगको पनि शिविरमा उपचार गरिएको थियो ।’’

उपचार सेवा लिएकाहरुमध्ये धेरैजसो विरामीहरुमा ग्राहीबाथजन्य रोगको समस्या रहेको पाइएको छ । नगरपालिका आयुर्वेद स्वास्थ्य शाखाको आयोजनामा भएको शिविरमा सर्ने तथा नसर्ने रोगहरु, रोगहरुको रोकथाम र न्युनीकरण बारेमा सचेतना प्रदान गरिएको उहाँले बताउनुभयो ।

शिविरबाट नगरपालिकाको वडा नम्बर १ का १४६ जना, वडा नम्बर २ का १४१ जना, वडा नम्बर ३ का १३६ जना, वडा नम्बर ६ का २३५ जना, वडा नम्बर ७ का १५२ जना, वडा नम्बर ८ का ३१५ जना, वडा नम्बर ९ का १३७ जना र वडा नम्बर १० का १४९ जना लाभव्दित भएको नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology