कुरिनटार, २१ चैत । चितवनको इच्छाकामनामा आधारभुत तह कक्षा ८ मा झण्डै आधा विद्यार्थी फेल भएका छन् । गाउँपालिकाले सार्वजनिक गरेको नतिजा अनुसार आधारभुत तहको पालिका स्तरीय परीक्षामा ५४ प्रतिशत मात्र उत्तिर्ण भएका हुन् । परीक्षामा सहभागि ४६ प्रतिशत विद्यार्थी अनुत्तिर्ण भएका हुन् ।
राआवि भाराङ, कुरीन बोर्डिङ स्कुल, मस्र्याङ्गदी शिक्षा सदन मुग्लिङ्ग, ग्रीनफिल्ड अंग्रेजी मावि मुग्लिङ्ग, राआवि कुयलघारी, रानीखोला मावि सिमलढाप, देउराली मावि सुन्दरबस्ती र राआवि चनौटेको परीक्षामा सहभागी शतप्रतिशत विद्यार्थी उत्तिर्ण भएका छन् ।
यस्तै माझगाउँ मावि माझगाउँबाट परीक्षामा सहभागी धेरै विद्यार्थी फेल भएका छन् । उक्त विद्यालयबाट २६ विद्यार्थी सहभागी भएकोमा १ जना मात्र उर्तीण भै २५ जना विद्यार्थी फेल भएका छन् ।
नतिजा अनुसार सबैभन्दा बढि नम्बर प्रगती पाठशालाका रिबज थापा मगरले ३।९४ जिपिए ल्याएर पालिका प्रथम भएका छन् भने छात्रातर्फ सबैभन्दा बढि नम्बर ३.९१ जिपिए ल्याएर मस्र्याङ्गदी शिक्षा सदन स्कुल मुग्लिनङ्गका साकिरा बस्नेत प्रथम भएका छन् । १.६ भन्दा कम जीपीए ल्याउने विद्यार्थी अनुत्तिर्ण भएका हुना् ।
उनिहरुले पुनः ग्रेडवृद्विको लागि परिक्षा दिनुपर्ने भएको छ । गाउँपालिकाका २२ वटा विद्यालयमा ५२८ विद्यार्थी कक्षा ८ को परिक्षामा सहभागी भएका थिए ।

