Nagarik Sawal

२०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

नागरिक उन्मुक्तिका गण्डकी र बाग्मती प्रदेश अध्यक्ष निष्कासित


1.6K
Shares

नागरिक उन्मुक्तिका गण्डकी र बाग्मती प्रदेश अध्यक्ष निष्कासित

काठमाडौं, २० चैत । नागरिक उन्मुक्ति पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले गण्डकीका पार्टीका प्रदेश अध्यक्ष राजन गुरुङ र वाग्मती प्रदेश अध्यक्ष दीपबहादुर योञ्जन तामाङलाई कारबाही गर्नुभएको छ ।

अध्यक्ष श्रेष्ठले पत्र लेख्दै संस्थागत केन्द्रीय सदस्यहरूलाई कुटपिटमा संलग्न भएको भन्दै उनीहरू दुवै जनालाई पदमुक्त गरी पार्टीबाट निष्कासन गर्नुभएको हो ।

सुदूरपश्चिम प्रदेशमा सरकारमा सहभागी हुने विषयमा विवाद हुँदा संरक्षक रेशम चौधरी र अध्यक्ष रन्जिताबीचको विवाद अब सतहमा आउन थालेको छ ।अध्यक्ष रञ्जिता केन्द्रदेखि प्रवेशसम्म नयाँ सत्ता समीकरणको पक्षमा लाग्ने बताउँदै आएकी छन् भने संरक्षक चौधरी भने त्यसको विपक्षमा रहेका छन् ।

श्रीमान श्रीमतीसमेत रहेका रेशम र रञ्जिताबीच विवाद बढिरहेका बेला रेशम पक्षले चैत २३ र २४ गतेका लागि संस्थापक केन्द्रीय समिति बैठक बोलाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology