Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

ढकमक्क लागीगुँरास फूल्न थालेपछि धार्चेको लाप्राकमा आन्तरिक तथा बाह्य पर्यटक बढ्दै


1.5K
Shares

ढकमक्क लागीगुँरास फूल्न थालेपछि धार्चेको लाप्राकमा आन्तरिक तथा बाह्य पर्यटक बढ्दै

गोरखा, २० चैत । बसन्त ऋतुको आगमनसंगै ढकमक्क लागीगुँरास फूल्न थालेपछि लाप्राकमा आन्तरिक तथा बाह्य पर्यटक बढ्न थालेको छ । धार्चे गाउँपालिका–४ मा पर्ने लाप्राकका डाँडाहरु लालीगुँरासको फुलले मनमोहक देखिन थालेपछि त्यस क्षेत्रमा पर्यटकहरुको आर्कषण बढेको हो ।

‘‘लालिगुराँस फुल्न थालेपछि अघिपछि भन्दा धेरै पर्यटकहरु लाप्राक आउनेजाने क्रम बढेको छ, वडाध्यक्ष किसान गुरुङले भन्नुभयो, ‘‘डाँडाभरी बिभिन्न रङका लालिगुराँसका फुल प्राकृतिक सौन्र्दयताले भरिपूर्ण यस क्षेत्रमा झनै सुन्दरता थपिएको छ ।’’

लालीगुराँस फुलेको हेर्नका लागि केही दिनदेखि पर्यटकहरुको भीड नै लाग्ने गरेको उहाँको भनाई छ । पर्यटकको बृद्धि भएसंगै बारपाक लाप्राक लगायतका पर्यटकीय क्षेत्रहरुमा चहलपलह समेत बढेको छ ।

वडाध्यक्ष गुरुङले लालीगुराँसको फुलको आर्कषणले समेत लाप्राकको आन्तरिक तथा बाह्य पर्यटन प्रर्वद्धनमा महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो । हिउँदको समयमा हिउँ परेपछि हिउँ खेल्न आउने पर्यटकहरूको चाप उस्तै हुन्छ, उहाँले भन्नुभयो, ‘‘अहिले लाप्राकमा रहेको पुसडाँडाको जङ्गलमा लालीगुराँस फुलेर ढकमक्क भएसंगै अझबढी आन्तरिक पर्यटकको रोजाइमा लाप्राक पर्नेगरेको छ ।’’

पर्यटक बढ्न थालेपछि होटल व्यवसायीहरु समेत खुशी भएका छन् ।लाप्राककी होटल व्यवसायी स्नेह गुरुङले लालीगुराँस फुलेको हेर्न आउने पर्यटकहरुले लाप्राकका अधिकांस होटलहरु भरिभराउ भएको बताउनुभयो ।

भुकम्पपछि पुरानो लाप्राकको वस्तीलाई स्थानान्तरण गर्नका लागि गुप्सीपाखामा निर्माण गरेको एकिकृत नमुनाबस्ती पनि लाप्राकको अर्को आर्कषक पर्यटकीय गन्तव्य हो ।

गुप्सी पाखा नमुनावस्तीमा रहेका एउटै मोडलका ५ सय ७३ घर अत्यन्तै आर्कषक देखिन्छ । उक्त बस्तीमा गुप्सीपाखा सामुदायिक होमस्टे समेत सञ्चालनमा आएको छ ।

पर्यटकको संख्या बढ्न थालेपछि होमस्टेमा समेत राम्रो व्यापार हुन थालेको होमस्टे सञ्चालक समितिका अध्यक्ष होमसिंह गुरुङले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology