गोरखा, २० चैत । पालुङटार नगरपालिका गोरखाको समन्वय तथा आँपपिपल अस्पताल गोरखाको सहआयोजनामा दुई दिने दिने निःशुल्क वृहत आँखा जाँच शिविर तथा मोतियाविन्दुको निःशुल्क शल्यक्रिया कार्यक्रम आज सम्पन्न भएको छ ।
हिमालयन आँखा अस्पताल पोखराको प्राविधिक सहयोगमा कर्माफ्लाइट्स फाउन्डेसन नेपाल कास्की पोखराको सहयोगमा भएको आँखा शिविरमा पालुङटार नगरपालिका भित्रका ७ सय ७६ जनाले उपचार सेवा लिएका छन् ।
त्यस्तै सिरानचोक गाउँपालिका भएको शिविरमा सिरानचोक गाउँपालिका भित्रका ५ सय १७ जना र लम्जुङको राइनास नगरपालिकामा भएको शिविरमा ४७१ जनाले उपचार सेवा लिएका हुने ।
तीन पालिकामा भएको छुट्टछुट्टै शिविरमा कुल १ हजार ७ सय ६४ जनाले उपचार सेवा लिएको आयोजकले जनाएको छ । आँखाको उपचा सेवा लिएका मध्ये पालुङटार नगरपालिकामा २१ जना, सिरानचोक गा.पा मा ६७ जना र राइनास नगरपालिकामा २६ जना गरि कुल १२१ जनाको मोतियाविन्दुको पहिचान भएको छ ।
सिरानचोक गाउँपालिकामा भएको शिविरमा मोतविन्दुको पहिचान भएकाहरुमा २ जना महिला १२ जना पूरुष पालुङटारमा ८ जना महिला ८ जना पूरुष र राइनास नगरपालिकाका १० जना महिला, ९ जना पूरुष गरी ४९ जना मोतियाविन्दुको सफल शल्यक्रिया समेत सम्पन्न भएको छ ।
हिमालय आँखा अस्पतालका नेत्र रोग बिशेषज्ञ डा. श्रहरीमाया माया गुरुङ लगायतको चिकित्सकहरुले उपचारसेवा प्रदान गरेका थिए ।