गोरखा, १८ चैत । गोरखाको बारपाक क्षेत्रमा परेको भीषण बर्षा र असिनाले किसानहरुले भित्र्याउने बेला भएको गहुँ र जौ वारीमै नष्ट भएको छ । शनिवार साँझ बर्षासंगै परेको ठूलो असिनापानीले बारपाकका क्षेत्रका सवैजस्तो ठाउँमा लगाइएको जौ, गहुँ लगायतका अन्य तरकारी बालीमा पूर्णरुपमा क्षति पुगेको बारपाक सुलिकोट गाउँपालिका–१, बारपाकका वडाध्यक्ष धनबहादुर घलेले जानकारी दिनुभयो ।
बारपाकका करिब एकहजार ३ सय भन्दाबढी घरघुरीका किसानले घरमा भित्र्याउने बेला भएको गहुँ र जौ असिनापानीले नष्ट गरेको उहाँले बताउनुभयो । ‘‘हिजो अपरान्ह्र ४ बजेदेखि लगातार तीन घण्टा भन्दाबढी बारपाक क्षेत्रमा भीषण बर्षासगै असिना परेको थियो, वडाध्यक्ष घलेले भन्नुभयो, ‘‘ठूलो पानी र ठूलाठूला असिनाले घरमा भित्र्याउने बेलामा भएको अन्नबाली नष्ट भएपछि अहिले बारपाकका किसानहरुमा रुवावासी चलेको छ ।’’
असिनापानीले बारपाक क्षेत्रमा किसानहरुले लगाएको हिउँदे तरकारी बाली समेत पूर्ण रुपमा नष्ट भएको छ । बारपाकको सोर्पा, र्खोका, च्वेजङ्ग, तसीरङ्ग, र्मोकङ्ग लगायतका क्षेत्रमा किसानहरुले अत्याधिक मात्रामा जौ र गहँुको खेती गर्ने गर्दछन् । ‘‘धेरैजसोको त जौ, गहुँ, आलुको विउ समेत आउने अवस्था छैन, वडाध्यक्ष घलेले भन्नुभयो, ‘‘अव के गर्ने भन्ने चिन्तामा परेका छौँ ।’’
असिनापानीले कतिमूल्य बराबरको क्षति भयो भन्ने एकिन भइनसकेको उहाँको भनाई छ । बारपाक क्षेत्रमा प्राय सवै घरपरिवारले हिउँदे तरकारी खेती, गहुँ, जौको खेती गरेकै हुन्छ, वडाध्यक्ष घलेले भन्नुभयो, ‘‘अहिलेसम्म क्षतिको पुरै विवरण संकलन गर्न सकिएको छैन, अव प्राविधिकहरुलाई बोलाएर के गर्ने भन्ने बारेमा छलफल गर्नेछौ ।’’ किसानहरुलाई क्षतिपूर्तीको व्यवस्था नभए किसान थप समस्यामा पर्ने भन्दै उहाँले चिन्ता समेत व्यक्त गर्नुभयो ।
‘‘यहाँ धेरैले आफ्ै खानका लागि मात्र भएपनि र कतिपयले बिक्री गर्ने गरी हिँउदे तरकारी बालीहरु, आलु, प्याज, लसुन लगायतका तरकारी खेती गरेका थिए, उहाँले भन्नुभयो, ‘‘ठूलो असिनापानीले सवै क्षति गरेको छ ।’’ एउटै घरको न्युनतम दुईदेखि तीनमुरीसम्म आलुको क्षतिको भएको भनाई छ ।
‘‘बारीमा गएर हेर्दा रुन मन लाग्छ, स्थानीय किसान मनबहादुर घलेले भन्नुभयो, ‘‘जौ, बारी र गहुँ बारी त पुरै असिनाले छोपेर सेतै पो भएछ अव के खाने हो ।’’ उहाँले असिनापानीले बालीनाली ढलेर सोत्तर भएको बताउनुभयो । ‘‘अलिअलि भएको पनि बटुल्न सक्ने अवस्था समेत छैन, घलेले भन्नुभयो, ‘‘खानका लागि त छोड्दिनुस् अर्को बर्ष बिऊ लगाउनका लागि अव कहाँ खोज्ने हो भन्ने अवस्था बारपाकका किसानहरुको भएको छ ।’’
भौतिक संरचनाहरुमा समेत क्षति ः
भीषण बर्षापछि आएको बाढीले बारपाकमा थुप्रै भौतिक संरचनाहरुमा समेत क्षति पुगेको छ । ‘‘बारपाक स्वास्थ्य चौकीमा डाँडाबाट आएको भलसंगै आएको पहिरो छिरेर स्वास्थ्य चौकीको तारवार, वाल समेत वगाएको छ, वडाध्यक्ष घलेले भन्नुभयो, ‘‘ स्वास्थ्य चौकीमा मात्र तीन लाख रुपैया भन्दाबढीको क्षति भएको अनुमान गरिएको छ ।’’
त्यस्तै वडा नम्बर १ मा रहेको श्री हिमालय माध्यामिक विद्यालयमा समेत भलसंगै आएको बाढीले क्षति पु¥याएको छ । बाढीले विद्यालयको तारवार, स्कुलको जग समेत खोतलेर लगेको छ, उहाँले भन्नुभयो, ‘‘ऐरेलपाखा खानेपानी आयोजनामा पानी बाढीले क्षति पु¥याएको छ ।’’