Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

उत्तर कोरियाले विश्वकप छनौटको खेल स्थगित गरेपछि जापान विजेता घोषित


2.2K
Shares

उत्तर कोरियाले विश्वकप छनौटको खेल स्थगित गरेपछि जापान विजेता घोषित

काठमाडौ, १८ चैत । विश्वकप छनौट अन्तर्गत जापान र उत्तर कोरियाबीचको खेल स्थगित भएपछि जापानलाई विजेता घोषणा गरिएको छ । उत्तर कोरियाको प्योङयाङमा गत मंगलबार हुनुपर्ने यो खेल उत्तर कोरियाले अन्तिम समयमा खेल स्थगित गरेको थियो ।

तर, उत्तर कोरियाले खेल रद्द गर्नुको कुनै कारण भने दिएको थिएन । खेल स्थगित भएपछि विश्व फुटबलको सञ्चालक निकाय फिफाले जापानलाई यो खेलमा ३(० ले विजेता घोषित गरेको छ ।

एशिया विश्वकप छनौटको समुह बी मा रहेको जापान ९ अंकसहित शिर्ष स्थानमा रहेको छ भने यस समुहमा रहेको सिरिया ४ खेलमा ७ अंकसहित दोस्रो, उत्तर कोरिया ३ खेलमा ३ अंकसहित तेस्रो र म्यान्मार ४ खेलमा एक अंकसहित चौथो स्थानमा रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology